Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

उम्मेदवारी घोषणासँगै एक्लो परे भीम रावल, विभाजित बन्यो तेस्रो धार

काठमाडौं । भीम रावलले पार्टी अध्यक्षमा उम्मदेवारी घोषणा गरेसँगै १० बुँदे सहमति गर्दै एमालेमा समाहित भएको समूह विभाजित बनेको छ । समूहका सबैजसो नेताहरु उनको पक्षमा नउभिने पनि प्रष्ट देखिएको छ ।

१० बुँदे पक्षधर नेतृ अष्टलक्ष्मी शाक्यले रावलको उम्मेदवारी व्यक्तिगत भएको बताइन् । उनका अनुसार रावलले कसैसँग छलफल नगरी उम्मेदवारी दर्ता गरेका हुन् ।

‘रावल जीको उम्मेदवारी व्यक्तिगत हो, उहाँले उम्मेदवारी दिने विषयमै हतार गर्नुभयो, उहाँले कसैसँग सल्लाह गर्नुभएको छैन्’, संसार न्यूजसँगको कुराकानीमा शाक्यले भनेकी छिन्, ‘१० बुँदे सहमतिको पक्षधर भएपनि हामी कुनै समूह वा गुट होइनौ, हामी त्यो चाहँदैनौं, रावलजीको उम्मेदवारी जोडेर त्यो भन्नु गलत हुन्छ ।’

एमाले गुटकै कारण कमजोर भएको भन्दै आफुँहरु गुट बनाउने पक्षमा नरहेको पनि शाक्यले प्रष्ट पारेकी छिन् । ‘हिजो प्यानल बनाएर एमाले बिग्रिएको हो, हिजो पार्टी होइन, गुट बलियो बनेको थियो’, शाक्यले भनेकी छिन्, ‘अहिले पनि हामी गुट बनाउने पक्षमा हामी छैनौ, कसैले त्यो सोंच्छ भने त्यो व्यक्तिगत विषय हो ।’

रावल एक्लै पर्ने सम्भावना

१० बुँदे सहमति गर्दै एमालेमा समाहित भएको समूह अहिले विभाजित छ । १० बुँदे सहमति गर्ने मुख्य १० नेताहरु सबैजसो आ–आफ्नै शैलीमा अगाडि बढेका छन् । रावलको उम्मेदवारी घोषणासम्मको अवस्थालाई हेर्दा उनको साथमा घनश्याम भुसाल मात्रै देखिने अवस्था छ ।

१० बुँदे पक्षधर नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट एमालेमा समाहित भएदेखि नै ओली समूहका नेता जस्ता देखिएका थिए । उनीहरु विभिन्न जिम्मेवारी पनि छन् । यता अष्टलक्ष्मी शाक्य र भीम आचार्य पनि एमाले फर्किएसँगै मुख्यमन्त्री बन्ने अवसर पाए ।

युवराज ज्ञवाली, रघुजी पन्त र अमृत बोहोरा पनि ओली समूह बाहिर कल्पना गर्ने अवस्थामा देखिन्नन् । रावलको उम्मेदवारीमा भुसालभन्दा बाहेक कसैले साथ दिने अवस्था छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा