back

नासा तथा आन्माको सयुक्त सम्मेलन सम्पन्न, कृष्ण श्रेष्ठ नासाको अध्यक्षमा निर्वाचित

वि.सं.२०७८ मंसिर ७ मंगलवार

111 

shares
NTC AD
Global IME AD

 

विजय थापा । नेपलिज एसोसिएसन् इन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेपालिज इन मिडवेष्ट अमेरिका (आन्मा)को १६ औ सयुक्त सम्मेलन फ्लोरिडाको ओरलान्डोमा भव्यताको साथ सम्पन्न भएको छ ।

बिबिध कार्यक्रम सहित सम्पन्न एक दिने सम्मेलनमा आगामी कार्यकालका लागि नयाँ कार्यकारी समितिको समेत चयन भएको छ । नयाँ समितिको अध्यक्षमा वर्तमान महासचिव कृष्ण श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

त्यस्तै उक्त कार्यकारी समितको महासचिवमा पत्रकार रमेश (सङ्गम)बानिया लगायत कार्य समितिका २१ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । एक दिने कार्यक्रममा सम्मेलनको प्रमुख नारा फेसिंग द फ्युचर टुगेदर(सँगै भविष्यको सामना गर्ने) बिषयमा नेपाल फोरममा छलफल भएको थियो ।

सो छलफलमा विभिन्न राज्यका नेपाली संस्थाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरुले आफ्ना विचार राखेका थिए । कार्यक्रम नासाका पूर्व अध्यक्ष बिमल नेपालले कार्यक्रम संचालन गरेका थिए ।

त्यस लगतै अन्तरराष्ट्रिय साहित्य समाजको आयोजनामा प्रतियोगितात्मक कविता प्रतियोगिता संचालन भएको थियो । सो प्रतियोगितामा रोशन तिमिल्सिना नेपाल प्रथम ,डा अमर कार्की अमेरिका द्वितीय तथा डम्मर ओकिल नेपाल तथा चेत भट्टराई अमेरिका तृतीय भएका थिए । विजयीहरुलाई भर्जिनिया निवासी अनुभव एलएलसीले प्रथम पुरस्कार ३ सय डलर ,किया एकाउन्टीङ्गका संचालक केशव बरालले द्वितीयलाई २ सय डलरको पुरस्कार तथा ऋण अधिकारी अर्जुन सिग्देलले १ सय डलरको तृतीय पुरस्कारको प्रायोजन गरेका थिए ।

सो एकदिने सम्मेलनको प्रमुख अतिथि कार्यबाहक राजदुत कुमार राज खरेलले पानसमा बत्ति बालि उदघाटन गरेका थिए । नासाका अध्यक्ष बिनय अर्यालको सभापतित्वमा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि खरेलले दुताबास नेपाली समुदायलाई आवश्यक पर्ने सबै सहयोगहरु सुलभ र सजिलो तरिकाले संचालन गरिने जानकारी गराए ।

त्यसैका लागि दुताबासले बिभिन्न राज्यहरुमा गै घुम्ती सेवा संचालन गरेको र भबिश्यमा पनि यस्ता कार्यक्रम गरिने बताए । सम्मेलनका संयोजक कृष्ण श्रेष्ठलेस्वागत मन्तब्य दिदै सबैलाई फ्लोरिडामा स्वागत गरेका थिए ।

उद्घाटन सत्रमा अतिथिको रुपमा अनेसास बिओटीका उपाध्यक्ष पदम बिश्वकर्मा, आन्माका पूर्व अध्यक्ष तथा एनआरएनएका उपाध्यक्ष गोपेंद्र भट्टराई, ब्लड डोनर्स अफ अमेरिकाका पूर्व अध्यक्ष डा नन्द रेग्मी, नासा पूर्व अध्यक्षहरु राजा घले, बिमल नेपाल, डा राम चन्द्र बराल, साहित्यकार सीता पाण्डे, एएनएसकि पूर्व अध्यक्ष बिष्णु कुमारी थापा, प्रा उत्तम गौली लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सोही समारोहमा बिगत कोरोना महामारीमा विशिष्ट सहयोग गर्ने १२ जनालाई सम्मान गरिएको जनाउदै आफ्नो दुइ बर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई अध्यक्ष बिनय अर्यालले धन्यबाद दिएका थिए ।

सम्मेलनमा ब्लड डोनर्स अफ अमेरिकाको आयोजनामा रक्तदान कार्यक्रम समेत संचालन गरिएको थियो ।

सम्मेलनको साँझ मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम संचालन भएको थियो । सोही अवसरमा निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र गदाल र आयुक्त रामकृष्ण वाग्लेले नासाको आगामी कार्यकारी समितिको नतिजा सबै निर्विरोध भएको घोषणा गर्दै सबैलाई सपथ दिलाएका थिए ।

कार्यक्रमको अन्त्यमा भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार ०९:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...