Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

रनिल रानाको नेतृत्वमा माओवादी केन्द्र आश्राङ गोरखाको गाउँ कमिटी गठन



गोरखा । नेकपा (माओवादी केन्द्र) गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ६ आश्राङको गाउँ कमिटी गठन भएको छ ।
रनिल रानाको नेतृत्वमा गठन भएको २९ सदस्यीय गाउँ कमिटीको उपाध्यक्षमा फणिन्द्र प्रसाद भन्तना, सचिवमा रन्जन रिमाल, सहसचिवमा मो. इशाक मियाँ र कोषाध्यक्षमा मीना वाग्ले चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा राजेश थापा, भिम बहादुर श्रेष्ठ, रामकुमार विक, वेद प्रसाद भट्ट, मुना परियार, विष्णु भट्ट, सायरा खातुन, केशर बहादुर नेपाली, श्याम प्रसाद गोतामे, रोहिणी तिवारी, समिना खातुन, श्याम बहादुर थापा क्षेत्री, टेक प्रसाद पाण्डे, ेसुनैना रोका, इश्वरी नेपाली, लक्ष्मी नेपाली, सरिता थापा मगर, सुजित आले, एकु प्र. पाण्डे, निरु नेपाली, तिलक सिंखडा, मेव बहादुर आले मगर, धन बहादुर राना र रविन आले मगर चयन भएका छन् ।

रनिल रानाको अध्यक्षता एवं नेकपा (माओवादी केन्द्रं) का जिल्ला समन्वय समिति सदस्य ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा मंसिर ४ गते सम्पन्न उक्त सम्मेलनमा झण्डै ३०० भन्दा बढीको जनसहभागीता रहेको थियो ।

No description available.

पार्टी कमिटीका सचिव फडिन्द्र भन्तनाको संचालन तथा वाइसीयल सदस्य रन्जन रिमालको स्वागत मन्तव्य रहेको उक्त भेलामा प्रमुख आतिथि श्रेष्ठले केन्द्रीय राजनीतिका घटना क्रममा प्रकाश पार्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी अर्का वक्ता (एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय परिषद् सदस्य) शिव कुमार यादवले देशको राष्ट्रिय तथा स्थानीय तहमा कांग्रेसले शैक्षिक क्षेत्रमा गरेको चरम लापरवाहीको बारेमा राखेका थिए ।

शैक्षिक व्यक्तित्व चन्द्र प्रसाद श्रेष्ठले समग्र आश्राङको विगतदेखि बर्तमानसम्ममा नेकपा (माओवादी केन्द्रंलाई हेर्ने दृष्टिकोणको बारेमा प्रकाश पारेका थिए भने अनेरास्वीयू (क्रान्तिकारी) सिमसेन थापा गाउँपालिकाका अध्यक्ष रविन आलेले देशमा विभिन्न समयमा पार्टीले गरेका आन्दोलन होस् या १० वर्षे जनयूद्धमा विद्यार्थीहरुको भूमिकाको बारेमा भनाई राखेका थिए ।

No description available.

त्यसैगरी पर्यटन व्यवसायी तथा आश्राङका विकासप्रेमि व्यक्तित्व सागर पाण्डेले अनलाइन सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना मन्तव्यका क्रममा पाण्डेले आश्राङको विकासका लागि सबै बसेर छिट्टै छलफल गर्नुपर्ने आवस्यकता रहेको बताए ।

दुई चरणमा सम्पन्न उक्त सम्मेलनको बन्दशत्रमा गाउँ अध्यक्ष रनिल रानाबाट आश्राङको समग्र नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक राजनीतिक र भावि रणनीतिसहितको ६ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसलाई छलफल गरि पास गर्दै रानाकै नेतृत्वमा २९ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा