Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

सद्भावना पार्टीका संस्थापक नेता पाठकको निधन



जलेश्वर । नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही गाउँ निवासी नेता पाठकको ८२ वर्षको उमेरमा आज बिहान निधन भएको उनका छोरा अरुणकुमारले बताए ।

केदारनाथ विगत पाँच वर्षदेखि ढाँडको हड्डीसम्बन्धी समस्याबाट पीडित थिए । सद्भावना पार्टी स्थापना गरेर मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनुका साथै विभिन्न आन्दोलनमा उनी सक्रिय रहेका थिए ।

एक पटक निर्विरोध वडाध्यक्ष पनि निर्वाचित उनले दुई पटक संसदीय निर्वाचन र एक पटक (पहिलो) संविधानसभा निर्वाचनमा पनि सद्भावना पार्टीबाट चुनाव लडेका थिए ।

पेशाले औषधि व्यवसायीसमेत रहेका उनी क्याम्पस र रेडक्रस जस्ता संस्थामा पनि आवद्ध थिए । नेता पाठकको पत्नी, तीन छोरा एक छोरी रहेका छन् ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा