Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

आँखा शिविरमा १३४ वृद्धाका शल्यक्रिया



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा १३४ वृद्धाका शल्यक्रिया गरिएको छ । शिविर एक दिन थप गरेर बिहीबारसम्म लम्ब्याइएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी–३ मा शिविर सञ्चालन गरिएको छ ।

शिविरमा ५०० भन्दा बढीको आँखा परीक्षण गरिएको पुनःस्थापना कार्यक्रमका फिल्ड अधिकृत प्रेम महर्जनले जानकारी दिए । उनका अनुसार बिहीबार ५० जनाको शल्यक्रिया गरिनेछ ।

“तीन दिनसम्म शिविर सञ्चालन गर्ने तय भएकामा माग अत्यधिक भएपछि एक दिन थप गर्नुपर्यो, ५० जनाको आँखाको बिहीबार शल्यक्रिया गर्ने तय भएको छ”, उनले भने । शिविरमा अधिकांश आँबुखैरेनीका र केही गोरखाका सर्वसाधारणले सेवा लिएका छन् ।

आँखामा मोतीविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर आँखा अस्पतालका डा रञ्जितकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धा हर्षित भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

“ गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो”, उनले भने, “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”

नौ लाख सहयोग

विगत लामो समयदेखि प्यारालाइसिसले थलिएका व्यास नगरपालिका–१ निवासी अभिसन थापा मगरको उपचारका लागि नौ लाखभन्दा बढी रकम सहयोग गरिएको छ ।

देश तथा विदेशबाट सङ्कलन भएको उक्त रकम बुधबार हस्तान्तरण गरिएको छ । व्यास–१२ कमलाबारी घर भई हाल अमेरिका निवासी कृष्णजीवी पन्थले समेत रकम जुटाउन सहयोग गरेका थिए । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहितको टोलीले पीडितको घरमा पुगेर रकम हस्तान्तरण गरेको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा