Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

सकसमा परे ओली, दुई गुटमा विभाजित भयो उनकै समूह



काठमाडौं । महाधिवेशनको मुखैमा एमालेको संस्थापन गुटमा विभाजन देखिएको छ । पदाधिकारी छनौटका विषयलाई लिएर संस्थापन गुटमा विभाजन देखिएको हो । गुटमा विभाजन देखिएसँगै पार्टी अध्यक्षमा सर्वसम्मत चयन हुने अध्यक्ष केपी शर्मा ओलीको चाहनामा पनि तुसारापात लागेको छ ।

ओली पक्षमा देखिएका नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाललगायतको समूह एकातिर र विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगायतको समूह अर्को तिर देखिएको हो । दुवै समूहका नेताहरुले महाधिवेशन केन्द्रीत बेग्ला–बेग्लै छलफल चलाइरहेका छन् ।

महाधिवेशनको महोल सुरु भएसँगै काठमाडौंमा समूहगत रुपमा तथा व्यक्तिगत रुपमा नेताहरुले बेग्लाबेग्लै सम्र्पक कार्यालय नै खोलेर छलफल चलाएका थिए । पोखरेली पृथ्वीसुब्बा र लुम्बिनीका शंकर पोखरेल काठमाडौंमा नै केन्द्रीत भएका थिए ।

ओली नै अप्ठ्यारोमा पर्ने संकेत

ओली सुरुदेखि नै महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने ध्याउन्न थिए । विधान महाविधेशनबाट आफुँ अनुकुल विधान परिवर्तन गराएका ओलीले अन्यलाई वरिष्ठ उपाध्यक्षभन्दा तलका पदमा प्रतिस्पर्धा गराउने रणनीति तयार गरेका थिए ।

१० बुँदे समूहका नेता भीम रावलले उम्मेदवारी दिएसँगै ओलीको त्यो चाहनामा केही ठेस पुगेको थियो । तर, आफ्नै समूहभित्र फरक–फरक गुट सिर्जनाभएसँगै सर्वसम्मत बन्ने चाहनामा तुसारापात नै लागेको देखिन्छ ।

यदि दुई समूहबीच सहमति गराउन नसके ओली नै संकट पर्ने निश्चित छ । त्यो अवस्थाले १० बुँदेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका भीम रावललाई फाईदा पुग्ने छ । ओलीले आफ्नै गुटभित्रका दुई समूहलाई व्यवस्थापन गर्न नसके रामबहादुर थापा ‘बादल’ नेतृत्वको पूर्वमाओवादी समूह पनि ओलीको पक्षमा नलाग्ने अवस्था रहन्छ ।

पूर्वमाओवादी समूहले वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारीको सुनिश्चितता मागिरहेको छ । ओलीगुटभित्रकै प्रतिस्पर्धाका बीच पूर्वमाओवादी समूहलाई व्यवस्थापन गर्न सहज देखिन्न ।

१० बुँदे र बादल समूहको माग व्यवस्थापन गर्नै गाह्रो

अहिले १० बुँदे समूहले अध्यक्षमा उम्मेदवारी दिएपनि सहमति भएमा वरिष्ठ उपाध्यक्षसहितका पदमा सहमति जनाउन सक्ने देखिन्छ । १० बुँदेका नेतृत्वकर्ताका रुपमा देखिएका भीम रावलले सहमति नभए अध्यक्षको उम्मेदवारी नछाड्ने घुमाउरो रुपमा संकेत गरेका छन् । तर, एमालेभित्रकै दुई गुटभित्र वरिष्ठ उपाध्यक्ष को बन्ने लडाईँ छ । साथै त्यहाँ पदाधिकारीमा को–को समेटिने भन्ने अर्के लडाईँ पनि छ ।

१० बुँदे र बादल समूहलाई व्यवस्थापन गर्नु ओलीका लागि दायित्व जस्तो पनि बन्न पुगेको छ । तर, यी दुई समूहलाई व्यवस्थापन गर्नुभन्दा ठूलो विषय आफ्नै गुटभित्रका समूहलाई व्यवस्थापन गर्नु पनि छ । यदि ओलीले आफ्नै समूहलाई उचित व्यस्थापन गर्न सकेनन् भने आफ्नै समूह नै आफैंविरुद्व उभिन सक्ने चुनौति पनि छ ।

सहज देखिएको महाधिवेशनको सुरुवाती माहोल क्रमशः समूहगत धुव्रीकरणसँगै जटिल बन्दो छ र ओली व्यक्तिगत रुपमै समस्यामा पर्दै गएको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा