Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

सर्वोच्चको पूर्णं बैठक : गोलाप्रथाको व्यवस्था मंसिर १५ देखि लागु गरिने



काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ । बिहीबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णं बैठक (फूलकोर्ट)ले गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने व्यवस्थालाई मंसिर १५ देखि लागु गर्ने निर्णय गरेको हो ।

गत मंसिर २ प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएका असन्तुष्ट न्यायाधीशहरुले फुलकोर्ट बैठक राखेर सर्वोच्च अदालत नियमावली संशोधन गरेका थिए । प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा नियमावली संशोधन गरी गोलाप्रथा विधिबाट पेसी तोक्ने व्यवस्था गरिएको थियो ।

गोलाप्रक्रियाका लागि केही प्राविधिक कठिनाई हुने देखिएपछि मंसिर १५ गतेबाट लागू गर्ने गरी गोलाप्रक्रियाको मिति तोकिएको हो ।

संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा