Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४ औं महाधिवेशनका लागि सभापतिको पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले यही मंसिर २१ गते सभापतिका लागि मनोनयन दर्ता गर्ने बताए।

‘मंसिर २१ मा सभापतिका लागि उम्मेदवारी दिँदै मनोनयन दर्ता गर्छु,’ बानेश्वरमा आज उम्मेदवारी घोषणा तथा प्रतिवद्धता पत्र सार्वजनिक गर्दै निधिले भने, ‘१३ औं महाधिवेशनमा उठ्नुभएका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला यसपालि नउठिदिए राम्रो।’

उम्मेदवारी घोषणा गरेका निधिले आफ्नो पक्षमा ७७ जिल्लाबाटै समर्थन रहेको दाबी गरेका छन् । उनले सभापतिमा उठ्ने निर्णय फिर्ता नलिने पनि प्रतिबद्धता जनाए ।

निधिले पार्टीमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका एजेन्डासमेत प्राथमिकताका साथ अगाडि सारेका छन्।

‘वैचारिक रूपमा स्पष्ट कांग्रेस, गतिशील कांग्रेस, जनतासँग जोडिने कांग्रेस – संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस’ नारा दिएर योजना सार्वजनिक गरेका निधिले भनेका छन्, ‘परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’

कांग्रेसले मंसिर २१ मा केन्द्रीय सदस्य र पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्न समय दिएको छ। कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्दैछ।

यस्ता छन् उनका प्रतिबद्धता


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा