Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा



९ मंसिर, काठमाडौँ । तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो । प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ । व्यवस्थित खानपान, सुकिला लुगाफाटो, पारिवारिक सन्तुलन, बाबुआमाको आम्दानी लगायतका शीर्षकका आधारमा उक्त अध्ययन (अनुसन्धान गरिएको थिए जसमा प्रायः सबै शीर्षकमा ती बालबालिकाको अवस्था दयनीय रहेको पाइएको छ ।

सन् २०१९ बाट उपलब्ध नवीनतम तथ्याङ्कहरू प्रयोग गरी गरिएको अध्ययन प्रतिवेदनले आम्दानी, स्वास्थ्य र सामाजिक असमानता र बालबालिका र पारिवारिक गरिबीको गहिरो स्तरको स्पष्ट चित्र चित्रण गरेको छ । क्यानाडामा सबैभन्दा उच्च बाल गरिबी दर नुनाभट क्षेत्रमा छ जहाँ ३४ प्रतिशत छ । त्यसैगरी मनिटोबा प्रान्तमा २८.४ प्रतिशत रहेको छ ।

उक्त प्रतिवेदनले क्यानाडा सरकारलाई बालबालिकाको सुरक्षाका लागि थप साहसिक र निर्णायक कदम चाल्न आग्रह गरेको छ । यो प्रतिवेदन भर्खरै उपलब्ध कर डाटामा आधारित छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा