Logo
१५ मंसिर २०७८, बुधबार
     Wed Dec 1 2021
E-paper
  English Edition
   Unicode
Logo

आज देशैभरी थपिए ३०८ कोरोना संक्रमित, ३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ९०९ नमुना परीक्षणमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा २९८ जना निको भएका छन् ।

आज थपिएका ३०८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ७८० पुगेको छ । सोहि अवधिमा ८ लाख १ हजार ४२० संक्रमणबाट मुक्त भएका छन् ।

त्यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गमाउनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

त्यस्तै हाल देशैभरी ७,३४९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६,९८१ जना होम आइसोलेशन र ३८८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा १९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ७५ लाख २१ हजार ५२३ पुगेको छ ।

कूल संख्यामा ९३ लाख ६७ हजार ७८९ जनाले पहिलो मात्रा र ८१ लाख ५३ हजार ७३४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थपिए ३३२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा महेन्द्रको प्रसंशा गर्ने नेकपा

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ ।

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा