Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालको लगातार तेस्रो जित, मलेसिया ६ विकेटले पराजित



१० मंसिर, काठमाडौँ । आइसिसी टी-२० महिला विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेका छ । नेपालले आफ्नो चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गदैँ लगातार तेस्रो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मलेसियाले २० ओभरमा ७ विकेट विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि ब्याटिङ्गमा एल्सा हन्टरले सर्वाधिक ३९ रन बनाएकी थिइन । त्यसैगरी युसरिना याकोपले १२ र मास एलिसाले १४ रन बनाएकी थिइन । यी तिन खेलाडी बाहेक अरु खेलाडीले मलेसियाका लागि दोहोरो अकंमा रन जोड्न सकेनन् । बलिङमा नेपालका लागि सबनम राईले सर्वाधिक २ विकेट हात पारेकी थिइन्।

मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ब्याटिङ्गमा सिता राना मगरले सर्वाधिक ३० रन बनाएकी थिइन । त्यसैगरी इन्दू बर्माले ४, कप्तान रूबिना क्षेत्रीले २०, कविता कुवरले १०, सरिता मगरले १५ र अप्सरी बेगमले १ रनको योगदान दिएकी थिइन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी