Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

महाधिवेशनको नाममा ओलीवेशन



संख्यात्मक र आकारमा हेर्दा एमाले यतिबेला देशको सबैभन्दा ठुलो पार्टी हो । तर यस्तो ठुलो हो कि भेँडाहरुको विशाल बथान जस्तै, हावा भरेर आकाशमा उडाइएको बेलुन जस्तै । भेंडाहरुको ठुलो बथानमा एउटा भेंडो भिरतिर लाग्यो भने अरु भेंडाहरु पनि त्यतै लाग्छन भनिन्छ । भेंडो जातिमा एउटाको बुद्धिले गर्दा पुरै बथान नै जोखिममा पर्ने सम्भावना हुन्छ । अनि हावा भरेर उडाइएको ठुलो बेलुन कुनै वस्तुमा ठोकियो वा घामले तात्यो भने फुटिहाल्छ ।

नेपाली कांग्रेशका प्रवाभशाली युवा नेता गगन थापाले मंसिर १२ गते आफ्नो पार्टीको एक कार्यक्रममा बोल्दै अहिले चितवनमा भइरहेको एमालेको कार्यक्रम महाधिवेशन नभएर ओलीवेशन भएको बताए । गगन थापा एमालेका नेता होइनन्, एउटा पार्टीको नेताले अर्को पार्टी वा अर्को पार्टीको कार्यक्रमलाई बेठिक भन्ने संस्कार नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा नै रहेको छ । तर शनिवार नेता थापाले उच्चारण गरेको नयाँ शब्द ओलीवेशन एमाले वा ओलीलाई सित्तैमा कटाक्ष गर्न नभएर वर्तमानमा एमालेमा देखिएको यथार्थतालाई चित्रण गरेका हुन् ।

गगन थापाको चित्रणमा ओलीरस पिएर लठ्ठिएकाहरु सहमत नहुन सक्छन् । तर महाधिवेशनमा उपस्थित भएको कुनै एमालेजनले आफुलाई एकैछिन स्वतन्त्र ढंगले हेर्ने र आफु कहाँ छु भनेर सोच्ने साहस मात्रै गर्यो भने पक्कै महशुस गर्नेछ कि उ एमाले भन्ने राजनीतिक पार्टीको महाधिवेशनमा नभएर ओलीवेशनमा आएको कुरा ।

मान्छे आँफैमा जगतकै सर्वश्रेष्ठ र राजनैतिक प्राणी हो । मान्छे सचेत मात्रै नभएर स्वतन्त्र प्राणी समेत हो । तर नेपाली राजनीतिमा एउटा गम्भिर रोग वा गलत प्रवृत्तिको विकास भएको छ, जो उपचार हुन गाह्रो भएको क्यान्सर जस्तै भएको छ । जसले गर्दा नेपाली नेपाली राजनीतिक कार्यकर्ता तथा नेताहरु सर्वश्रेष्ठ, राजनैतिक र स्वतन्त्र मान्छे जस्ता देखिदैनन् । दलहरुमा तुलनात्मक हिसाबले हेर्दा आजको एमालेले नेपालको गलत राजनीतिक प्रवृत्तिको नेतृत्व गरिराखेको छ । एमालेजनहरु ओली वाइन पिएर लठ्ठै भएका छन् ।

ओलीले समृद्धिको कुरा गरे एमालेजनले ताली बजाए, प्रचार गरे । कुन नीति र योजनमा उभिएको कस्तो समृद्धि भन्ने प्रश्न गर्ने साहस कुनै एमालेजनले गरेनन् । समुद्र नै नभएको देशमा पानीजहाजको प्राथमिकता, व्यवस्थित शहरको अवधारणा विना नै घरघरमा ग्याँस पाइपलाईनको कुरा, जल विद्युतको अथाह सम्भावना भएको मुलुकमा हावाबाट बिजुली निकाल्ने आदि जस्ता कुरालाई ओलीले चुनावकै खजाना बनाए । एमालेजन ओलीको खजानालाई जनतामा पुगेर भ्रमपुर्ण ढंगले बेचे । चुनाव पनि एमाले–माओवादी गठबन्धनले जित्यो । तर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध र टुक्रे प्रचारमुखी विकासमा उभिएर झण्डै साढे ३ वर्ष समय व्यतित गरेको ओली सरकार विरुद्ध कसैले प्रश्न उठाउने साहस गरेनन् ।

राजनीतिमा सफलता वा असफताको समिक्षा जुनसुकै पार्टीले गर्ने गर्दछ । तर ओलीले २ पटक संसद विघट्न गरेको, उनकै कारण पार्टी विभाजन भएको, देशभरीका सरकार गुमाएको, भ्रमपुर्ण समृद्धिको प्रचार गरेको, संघिय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउन प्रयत्न गरेको, आदि सवालमा समिक्षा गर्नुपर्ने विषयलाई कुनै एमालेजनले केन्द्रिय समिति बैठक, विधान महाधिवेशन र महाधिवेशनमा उठाउने साहस गर्न नै सकेनन् । ओलीले विचारको दस्तावेज वा आगामी अर्थपुर्ण कार्यदिशाको प्रस्ताव ल्याएको भए त्यसलाई ठिक भनेर एमालेजन लागेका छन भनेर इतरका पङ्तीलाई पनि बुझ्न सजिलो हुन्थ्यो । चाहे त्यो पश्चगामी होस वा अग्रगामी । तर बिडम्बना एमालेमा त्यसो हुन सकेन् । ओली, ओली त्यपछि ओलीको बाटोमा मात्रै लाखौं एमालेहरु निरन्तर उभिदा आज एमालेको महाधिवेशन हुनुपर्ने ठाउँमा ओलीवेशन हुने अवस्था आयो ।

आज तेस्रो दिन, चितवनमा ओलीवेशन चलिरहेको छ । हिजो साँझ पत्रकारहरुसँग कुराकानी गर्दै एमाले संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराइले पदाधिकारी तथा केन्द्रिय समिति सदस्यको नामावली अध्यक्ष ओलीले घोषणा गर्ने र प्रतिनिधिहरुले ताली बजाउने बताएका थिए । यतिबेला झण्डै त्यहि तयारीमा ओलीवेशन उभिएको छ । तर ओलीवेशनलाई सहज ढंगले सफल हुन नदिनेमा भिम रावल कस्सिएका छन् । बिडम्बना रावलको पछाडि पनि विचार/राजनीति र कार्यकर्ता छैनन् ।

आज प्रतिष्ठित लेखक तथा बुद्धिजिवी खगेन्द्र संग्रौलाले आफ्नो फेसबुकमा ओलीवेशनलाई कटाक्ष गर्दै लेखेका छन्, ‘सौराहामा एमालेको नेतृत्व छान्ने नाटकमा देशभरिबाट २,११५ प्रतिनिधि हाजिर छन् । तर यी “प्रतिनिधि“लाई भेडाको बगाल साबित गर्दै ओलीले कृपा, सनक र अहंकारका आधारमा एक्लै नेतृत्व छान्ने छनक देखियो । यो हो ओलीपन्थको लोकतन्त्र वा जनवाद ! एक सर्वाधिकारी मालिक, २,१७५ निजका थप्पडीबाज दासहरू !’ लेखक संग्रौला र नेता थापाले भनेझैं ओलीवेशनको अन्तिम प्रहसन हेर्न लागौं अब ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै