Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

ओली तर्फ संकेत गर्दै लीलामणिले भने – ‘माऊ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न बने चाहदैनौँ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एक्लै हिँडेर कहीँ नपुग्ने बताएका छन् । एमालेको शैलीप्रति टिप्पणी गर्दै उनले जनताको समाजवादी आकांक्षा एक्लै हिँड्ने शैलीले पुरा नहुने बताए ।

उनले नेपाली कम्युनिस्ट आन्दोलनमा थुप्रै समस्या भएको पनि बताए। उनले सबैको साझा प्रयास भएमात्र मुलुकले नयाँ कोल्टे फेर्न सक्ने बताए ।

‘आज कम्युनिस्टहरुमा विभक्त मनोविज्ञान केन्द्रिकृतको समस्या छ। सिद्धान्तको समस्या छ। विचार व्यवहारको सन्तुलनको समस्या छ। जडसुत्र र व्यवहारवाद दुवै समस्या हुन्’, पोखरेलले भने।

उनले प्राणविहीन मार्क्सवादको मलामी बन्न नहुने बताए ।

ओलीतर्फ संकेत गर्दै उनले भने, ‘कसैको एक्लो यात्राले मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र जनताको आकांक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न कठिन छ, समाजवादको परिकल्पना त दूरको कुरा हो । तर, एउटा सत्य के हो भने हामी ‘माऊ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न बने चाहदैनौँ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी