Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्र समाजवादी र जन -समाजवादी मञ्च, नेपालबीच एकता



काठमाडौँ । नेकपा माओवादी केन्द्र समाजवादी र जन-समाजवादी मञ्च, नेपालबीच कार्यगत एकता भएको छ ।

रिपोर्टस क्लवमा भएको पत्रकार सम्मेलनमा उनीहरुले दुई पार्टीबीच कार्यगत एकता भएको घोषणा गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै जन-समाजवादी मञ्च, नेपालका सचिवालय सदस्य बाबुराम गजमेरले संसदीय पुँजीवादि व्यवस्थाले किसान तथा हलीगोठालाहरुको हकअधिकारलाई स्थापित गर्न नसकेको बताए । उनले हाल संसदीय व्यवस्था राष्ट्रघाती जनघाती बनेको बताए ।

जन – समाजवादी मञ्च, नेपालका संयोजक कृष्ण प्रसाद धमला (गम्भीर)ले नेपाल एउटा सामाजिक महत्व भएको देश भएको बताउँदै एम.सी.सी.लाई प्रदिप ज्ञावलीले सम्झौता गरेको बताए । माओवादी केन्द्र समाजवादीका केन्द्रिय उपाध्यक्ष रंगनाथ ढकालले नेपालमा गणतन्त्र आए पनि दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट १० वटा लास नेपाल भित्रने गरेको बताउँदै त्यस कारण अहिले जनताले पार्टी चाहिदैन भन्न थालेको बताए ।

उनीहरुले प्रेस विज्ञप्ती समेत जारी गरेका छन् । माओवादी केन्द्र समाजवादी र समाजवादी मञ्च, नेपालबीचमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासंग सम्बन्धित विषय एवंम राष्ट्रघाती एम.सी.सी. र सरकारले नेपाली जनतामाथि गरेको राष्ट्रघात जनघात विषय र पेट्रोल पदार्थको मुल्य वृद्धि , दैनिक उपभोग्य वस्तुमा भएको महँगी, कालोबजारी र भ्रष्ट्रचार लगायतका विरुद्ध संयुक्त संघर्ष तथा साझा मुद्दाहरुमा दुई पार्टीबीच व्यापक छलफल भएको उल्लेख गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी