Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

दाउरा प्रहार गरी आमाको हत्या



पाल्पा । पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी दिए । रासस

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी