Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

खोटाङ कांग्रेसको सभापतिमा विष्णुकुमार विजयी



खोटाङ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन् । जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दैै विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

विष्णुकुमारले ६६९ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री सर्वधनले ६१० मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य पदाधिकारीमा पनि नवनिर्वाचित जिल्ला सभापति विष्णुकुमारको समूहनै विजयी भएका छन् ।

उपसभापतिमा ईवन राईले ७५३ मत र तीर्थराज भट्टरार्ई ७४२ मत ल्याएर विजयी भएका छन् । उपसभापतिका उम्मेदवार बनेका मनोज तिम्सिनाले ५४३ र राजन सैंजूले ३८४ मत ल्याएका छन् ।

सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी भएका छन् । सचिवका उम्मेदवार रामकुमार राईले ५११ र रोजन राईले ५५३ मत पाएका छन् । सहसचिवमा साजन राईले ६२४ र सालिकराम बञ्जराले ५९३ मत ल्याएर विजयी भएका छन् । सो पदमा ध्यानबहादुर राईले ५६४ र राजकुमार राईले ५७७ मत ल्याएका छन् ।

सातौँ जिल्ला अधिवेशनका लागि एक हजार ३७३ प्रतिनिधि चुनिएकामा एक हजार ३२२ मत खसेको थियो । विष्णुकुमार कांग्रेस खोटाङको चौँथोँ कार्यकालका लागि जिल्ला सभापतिमा पुनः निर्वाचित भएका हुन् ।

जिल्ला कार्यसमितिका लागि सदस्यहरु र महाधिवेशन प्रतिनिधिको मत भने गणना हुन बाँकी रहेको जनाइएको छ । क्षेत्र नं. १ ‘क’ को सभापतिमा राजेन्द्र राईको प्यानल (समूह) र क्षेत्र नं. २ ‘ख’को सभापतिमा दिनेशकुमार घिमिरे विजयी भएको जनाइएको छ । अर्का उम्मेदवार भक्तजङ्ग राईलाई ९२ मतले पछि पार्दै ३७२ मत ल्याएर राजेन्द्र राई प्यानलसहित विजयी भएका छन् ।

सभापतिका अर्का उम्मेदवार चण्डीकुमार राईलाई ५६ मतले पछि पार्दै घिमिरे क्षेत्रीय सभापतिमा निर्वाचित भएको जनाइएको छ । घिमिरेले ३३१ मत ल्याउँदा राईले २७५ मत मात्र ल्याएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै