Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी



अदिस अबाबा । द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ ।

इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ ।

अफ्रिकी देशहरूमध्ये दोस्रो धेरै जनसङ्ख्या भएको द्वन्द्वग्रस्त मुलुक इथियोपियाका लागि अहिलेदेखि नै खाद्य व्यवस्थापनको तयारी नगरिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

इथियोपियामा सरकारी पक्ष र विद्रोही टिपीएलएफ समूहका बीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । एएफपी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै