Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

रावलको उम्मदेवारीसम्बन्धी पर्चा बाँड्नेलाई ओली पक्षको दुर्व्यवहार, हलमा दिइएन पस्न



काठमाडौं । पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई पर्चा बाँड्न पनि अवरोध गरिएको छ । उनको सहयोगी टोलीलाई अध्यक्ष केपी शर्मा ओली पक्षले हलबाटै बाहिर निकालिदिएको छ ।

एमाले महाधिवेशनअन्तर्गतको दोस्रो दिनको बन्द सत्र सुरु हुनै लाग्दा मुल गुटमा बसेर रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बाँडिरहेका सहयोगीहरुलाई ओली समूहका स्वंयसेवकहरुले गेटबाटै बाहिर निकालेका हुन् । उनीहरुले पर्चा नबोकी मात्रै हलमा प्रवेश गर्न दिने भन्दै गेटबाट निकालेका थिए ।

रावलले ‘मेरो उम्मेदवारी किन ?’ भनि उम्मेदवारी दिनुपर्दाका कारणबारे पर्चामा उल्लेख गरेका छन् ।

दोस्रो दिनको बन्द सत्रले ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउँदै अन्य पदाधिकारीको चयन पनि ओलीकै तजबिजमा गर्ने तयारी गरिरहेका बेला रावलले भने आफ्नो उम्मेदवारी कायमै राखेका छन् । तर, सानो समूह भएको कारण उनको माग सुनुवाई नहुने सम्भावना बढी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै