Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

पैञ्यूमा माओवादी जाग्दै, यस्तो छ सम्मेलनपछिको नयाँ नेतृत्व



फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि बढेको छ ।

ने.क.पा (माओवादी केन्द्र) को वडा सम्मेलन र पालिका सम्मेलन पछाडि माओवादीहरु बलियो बन्दै गएको विश्लेषण पैञ्यूमा गरिएको छ ।

देशैभरी पालिका सम्मेलन सकेको ने.क.पा (माओवादी केन्द्र) ले मंसिर ११ गते पैञ्यूको पालिका सम्मेलन पनि भव्यताका साथ सम्पन्न गरेको छ । सो पार्टीको नवनिर्वाचित पैञ्यु पालिका सचिव दिलीप प्रताप सेनका अनुसार शनिवार सम्पन्न सम्मेलनबाट रेशम सापकोटाको अध्यक्षतामा ५५ सदस्यीय पालिका सम्मेलन निर्वाचित गरेको छ ।

No description available.

प्राप्त समाचार अनुसार सो समितिको उपाध्यक्षमा उमाकान्त भुर्तेल (राजु), कृष्ण श्रेष्ठ, यू प्रताप सेन, सचिवमा दिलीप सेन, सहसचिवमा घनश्याम काफ्ले र कोषाध्यक्षमा यामकला हिताङ लगायत ५५ जना रहेका छन् ।

यसैगरी सो समितिले पूण्य आचार्य ‘जीवन’, रुक्मागत न्यौपाने, ओम प्रकाश बस्याल, खिमानन्द काफ्ले र पूर्णप्रसाद डुम्रे तथा लाल बहादुर समेत ७ जनाको सल्लाहकार समिति चयन गरेको छ ।

No description available.

बाजागाजा र झाँकी सहितको र्याली प्रदर्शन गरेर माओवादीले आफ्नो उपस्थिति बलियो देखाएको सो कार्यक्रममा प्रमुख अतिथि ‘प्रचण्ड’ का सन्देशलाई मानिएको थियो भने विशिष्ठ आतिथ्यता सो पार्टीका केन्द्रीय सल्लाहकार जयनारायण तिवारी र पालिका इन्चार्ज उमाकान्त भुर्तेलको रहेको थियो ।

No description available.

सो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का तीलक अधिकारी, नेकपा (समाजवादी) का उमाकान्त सुवेदी लगायतले शुभकामना दिएका थिए ।

सो पार्टीले यसअघि नै वडा नं १ टकलाकमा झक बहादुर राना, २ को त्रिवेणाीमा तेज बहादुर राना, ३ मा खिम बहादुर सारु, ४ मा ओम प्रताप सेन ( ओपी ), ५ मा ओम प्रकाश भुर्तेल, ६ मा सागर अधिकारी र ७ मा नारायणदत्त भट्टराईको अध्यक्षतामा वडासमिति समेत निर्माण गरिसकेको छ ।

No description available.

केही वर्षयता कमजोर जस्तो देखिएको माओवादी पैञ्यूमा जाग्न थालेको टिप्पणी कांग्रेस र एमाले वृत्तमा समेत चल्न थालेको छ ।

No description available.

No description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी