Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

झापा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा गौंतम



काठमाडौं । नेकपा माओबादी केन्द्र झापा काठमाडौ सम्पर्क समितिको अध्यक्षमा इन्द्रनारायण गौतम निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न ऐतिहासिक ५ औं सम्मेलनले गौतमको नेतृत्वमा २१ सदस्यीय समिति पनि निर्वाचित गरेको छ । जसमा उपाध्यक्षहरुमा रिना आचार्य, जनकराज दास, सचिवमा राजेन्द्र बराल, सह–सचिबमा भुपाल उप्रेती तथा कोषध्यक्षमा पुष्पा भारती लगायत रहेका छन् ।

अर्जुनकुमार अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे सम्मेलनकाे प्रमुख अथिति नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय समिति प्रदेश नं. १ का इन्चार्ज शिब कुमार बस्नेत रहेका थिए भने लक्ष्मण भण्डारीको संयोजकत्वमा निर्बाचन समिति पनि गठन भएको थियो भने सन्चालन भुपाल उप्रेतीले गरेका थिए ।

अन्य पदहरुमा सर्बसम्मत भए पनि अध्यक्षमा निर्बाचन भएको थियो ।

शनिबार माओवादी केन्द्रले देशैभरिका पलिकाहरुको सम्मेलन गरेको थियो । जस्लाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल रुपमा सम्बोधन गरेको थिए ।

(कार्यक्रमकाे अध्यक्षता अर्जुन कुमार अधिकारीले गर्नुभएकाे हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छः सं)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी