Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

१० बुँदे समूहका अधिकांश नेता ओली पक्षमा, रावल र भुसाललाई मनाउने जिम्मा पाए शाक्य र ज्ञवालीले



काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत संवाद सुरु गरेका छन् । उनले विशेषतः असन्तुष्ट पक्षीय नेताहरुसँग एक्ला एक्लै भेट्दै मनाउने प्रयास गरिरहेका छन् ।

ओलीले १० बुँदे समूहका नेताहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई सौराहास्थित होटलमा बोलाएर छलफल गरेका छन् । ज्ञवाली र शाक्यको चित्त बुझाएपछि थप असन्तुष्ट देखिएका भीम रावल र घनश्यास भुसाललाई मनाउन दुई नेतालाई जिम्मा दिएको बुझिएको छ ।

यसअघि रावल र भुसालसँग ओलीले छलफल गर्न खोजेका थिए । तर, दुवै नेताले एक्ला एक्लै छलफललाई अस्वीकार गरेपछि ओलीले अन्य नेताहरुमार्फत संवादको प्रयास अगाडि बढाएका हुन् ।

अहिले १० बुँदे समूहका रावल र भुसालबाहेक अधिकांश नेता ओलीको पक्षमा उभिएका छन् । उनीहरु सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा देखिएका छन् ।

असन्तुष्ट देखिएका रावल र भुसाललाई व्यवस्थापन गर्न ओलीले प्रयास गरिरहेका हुन् ।

यता ओलीले पूर्वमाओवादी समूहका नेताहरुलाई पनि मनाउने प्रयास थालेका छन् । उनले रामबहादुर थापा बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव दिने गरि प्रस्ताव राखेका छन् । ओलीले अन्य असन्तुष्टलाई स्थायी समिति र केन्द्रीय समितिमा समेट्ने आश्वासन दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी