Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

अष्ट्रेलियामा रहेका नेपालीले पठाए मुगुका आगलागी पीडितलाई ४ लाख आर्थिक सहयोग



मुगु । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीले मुगुका आगलागी पीडितलाई आर्थिक सहयोग पठाएका छन् ।

जिल्ला सदरमुकाम गमगढीका आगलागी पीडितका लागि उनीहरुले ४ लाख २० हजार राहत सहयोग पठाएका हुन् ।

नेपाली कांग्रेस अष्ट्रेलिया जनसम्पर्क समितिका सभापति इशान शाक्यको पहलमा अष्टे«लियामा बसोबास गर्ने बिधार्थी र अन्य नेपाली समुदायबाट संकलन गरिएको ४ लाख २० हजार रकम शुक्रबार गमगढीका अग्निपीडितलाई वितरण गरिएको छ ।

सभापति शाक्यले उपलब्ध गराएको ४ लाख २० हजार रकममध्ये आगोले घर ध्वस्त भएका ब्यक्तिलाई १० हजार, घरमा पसल गरि बस्नेलाई ३ हजार र भाडामा बस्ने ब्यक्तिलाई २ हजारका दरले बितरण गरिएको कांग्रेस पूर्वपार्टी सचिव गजेन्द्रबहादुर मल्लले बताए ।

गमगढीस्थित कालिका मालिका मन्दिरमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरिक्षक सुबास हमाल छायाँनाथ रारा नगरपालिकामा मेयर हरिजंग शाही कांग्रेस पार्टी सभापति ऐनबहादुर शाही, कांग्रेस महासमिति प्रतिनिधि तिलकबहादुर मल्ल र बरिष्ट कांगे्रस नेता हस्तबहादुर मल्लको उपस्थितमा उक्त ४ लाख २० हजार रकम पीडितहरुलाई बितरण गरिएको सचिव मल्लको भनाई छ ।

मुगुका अग्निपीडितको दुःख पीडा सम्झेर राहत दिने अष्ट्रेलियाली नेपाली दाजुभाईलाई कांग्रेस नेता हस्तबहादुर मल्ल धन्यबाद दिएका छन् ।

अष्ट्रेलियाबाट आएको रकमले आगलागी पीडितलाई केही भएपनि राहत पुगेको उनको भनाई छ ।

गत कार्तिक २६ गते गमगढीमा आगलागी हुँदा २१ घर जलेर खरानी हुँदा ८० परिवार बिस्थापित भएका छन भने ३५ करोड बराबरको धन सम्पति क्षति भएको छ ।

पीडितहरुलाई बिभिन्न संघसंस्था तथा सरकारी निकायबाट राहत सहयोग भइरहेको छ । कोही अग्निपीडित आफन्तको घरमा त कोही अग्निपीडित टेन्ट टाँगेर चिसोमा गुजारा गर्न बाध्य भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी