Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

ओली समूहमै भएन सहमति, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा पेचिलो बन्यो विवाद



काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै समूहभित्रको विवादले सकसमा पार्न थालेको छ । आफ्नै समूहभित्रका दुई धारभित्र वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सहमति नजुटेपछि ओली सकसमा परेका हुन् ।

महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नेतृत्वको दुवै समूह वरिष्ठ उपाध्यक्ष र महासचिवको पद पाउन पेचिलोपूर्णं लडाईँमा उत्रिएका छन् । आइतबार बिहानैदेखि सहमति जुटाउन भएको प्रयास सफल हुन सकेको छैन् ।

यसअघि नेम्वाङलाई राष्ट्रपति पद दिने आश्वासनसहित सहमति गर्न खोजिएको थियो । तर, नेम्वाङले उक्त सहमतिमा विश्वास नजनाएपछि विवाद बढेको हो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङकाे दाबी छ भने महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। यी सबै नेताहरु ओलीनिकट हुन्।

नेम्वाङ भन्छन् – ओलीबाहेकको नेतृत्व स्वीकार गर्दिन

नेता सुवास चन्द्र नेम्वाङले ओली बाहेकेको नेतृत्व कुनै हालतमा स्वीकार नगर्ने प्रष्ट पारेका छन् । उनले ओलीबाहेक एमालेमा आफुँभन्दा सिनियर केहो नभएको पनि बताए ।

वरिष्ठ उपाध्यक्ष पदमा देखिएको लडाईँ पेचिलोपूर्णं बन्दै गईरहेका बेला नेम्वाङले उक्त नै खारेज गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

सम्बन्धित समाचार

१० बुँदे समूहका अधिकांश नेता ओली पक्षमा, रावल र भुसाललाई मनाउने जिम्मा पाए शाक्य र ज्ञवालीले


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै