Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

साढे ६ घण्टासम्म पनि सुरु भएन बन्द सत्र, ओली र रावल आ–आफ्नै समूहसँग छलफलमा



काठमाडौं । बिहान १० बजेका लागि तय गरिएको एमालेको दोस्रो दिनको बन्द सत्र दिउँसो साढे ४ बजेसम्म पनि सुरु हुन सकेको छैन् । बन्द सत्र सुरु नहुँदा अहिले बन्द सत्र स्थलमा रहेका महाधिवेशन प्रतिनिधिहरु अन्योलमा परेका छन् ।

अहिले अध्यक्ष केपी शर्मा ओली ‘कोर टिम’सँग होटेल पार्क सफारीमा छलफलमा छन् । ओलीसँगको छलफल नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेतलगायत छन् । स्रोतका अनुसार होटेलमै बसिरहेका उनीहरुले बन्द सत्रमा घोषणा गरिने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची तयार पारिरहेका छन् ।

यता ओली घोषणा गर्ने सूची तयार गर्ने तयारीमा जुटेपछि असन्तुष्ट भीम रावल पक्ष पनि बेग्लै छलफलमा जुटेको छ । बन्द सत्रस्थलबाट बाहिरिएका रावलले बेग्लै रणनीति बनाउन छलफललाई अगाडि बढाएका छन् । बताइएअनुसार उनीसँगको छलफलमा घनश्याम भुसाल पनि छन् ।

ओलीले सहमतिमै नेतृत्व चयन गर्न खोजेका छन् । तर, उनकै समूहभित्र र बाहिर असन्तुष्टीहरु बढ्न थालेको छ । ओलीलाई १० बुँदे समूह र पूर्वमाओवादी समूहभन्दा आफ्नै समूहका नेतालाई व्यवस्थापन गर्न सकस परिरहेको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी