Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

ढाकाका सामग्रीको प्रदर्शनी : प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला गरिने



काठमाडौँ । ढाकाका सामग्रीको प्रदर्शनी गरिने भएको छ । नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुस २ देखि ४ गतेसम्म काठमाडौँको नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी गर्ने भएको हो ।

ढाकाका मौलिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीमा ४० बिक्री कक्ष राखिने छन् । आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका संयोजक रमेश श्रेष्ठले परापूर्वकालदेखि नै ढाका कपडा उद्योग सञ्चालनमा रहेको बताउँदै यसबाट उत्पादित सामग्री तथा सिर्जना हुने रोजगारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।

उनका अनुसार प्रदर्शनीमा विभिन्न स्थानका व्यवसायीलाई यस क्षेत्रमा भएका विकास तथा समस्याबारे एकापसमा अन्तक्र्रिया गरी प्रोत्साहन गर्ने वातावरण व्यवस्थापन गरिनेछ । यस क्षेत्रका स्वदेशी उत्पादन वृद्धि गरी विदेशबाट हुने आयात न्यूनीकरण गर्ने र मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्यका साथ प्रदर्शनी राखिएको छ ।
मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन् । प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी