Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

ओलीको सूची अस्वीकार गर्ने रावल समूहको निर्णय, मतदान भए सहभागी नत्र बहिस्कार



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई तयार गर्न जुटिरहेका बेला पार्टी उपाध्यक्ष भीम रावल नेतृत्वको समूह भने उक्त सूचीलाई प्रतिवाद गर्ने तयारीमा जुटेका छन् । मतदान भए सहभागी हुने नत्र बहिस्कार गर्ने निर्णय उनको समूहले गरेको छ ।

अध्यक्ष ओली ‘कोर टिम’सँग होटेल पार्क सफारीमा सूची बनाउन जुटेकै बेला रावल समूह बेग्लै छलफलमा जुटेको थियो । समूहले सहमतिमा पदाधिकारी चयन गर्ने कुराले एमालेलाई गलत ठाउँमा लैजाने भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

ओलीले रावललाई पार्टी उपाध्यक्षमा राखेर सहमतीय सूची सार्वजनिक गर्न खोजेका छन् । आफ्नै समूहमा देखिएको विवादलाई व्यवस्थापन गर्न पनि उनले वरिष्ठ उपाध्यक्षसहितका पदलाई खारेज गर्ने तयारी गरेका छन् ।

तर, अध्यक्षभन्दा बाहेकका पदलाई अस्वीकार गर्ने निर्णय गरेका रावलले मतदानकै प्रक्रियाबाट पदाधिकारीको चयन हुनुपर्ने अडान राखेका छन् । सहमतीय प्रक्रियामा गए ओली थप निरंकुश र स्वेच्छाचारी बन्ने निष्कर्ष रावलले आफुँ निकटस्थलाई सुनाएका थिए ।

सम्बन्धित समाचार

साढे ६ घण्टासम्म पनि सुरु भएन बन्द सत्र, ओली र रावल आ–आफ्नै समूहसँग छलफलमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी