Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

८ हजार ९ सयको परीक्षण गर्दा भेटिए १५८ संक्रमित, संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको मन्त्रालयले जनाएको छ । यसैगरि नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ भने ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३४२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका थिए ।

मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी