back

इटालीमा पनि ओमिक्रोन भेरिएन्टको पहिलो सङ्क्रमित भेटियो

वि.सं.२०७८ मंसिर १३ सोमवार

177 

shares
NTC AD
Global IME AD

१३ मंसिर, काठमाडौँ । इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था ९आन्सा०ले समाचार सम्प्रेषण गरेको छ ।

सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ । एउटा अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले दुवै मात्रा खोप लगाइएको थियो ।

आइतबार क्याम्पानिया क्षेत्रको प्रशासनद्वारा जारी वक्तव्यमा भनिएको छ,“दक्षिण अफ्रिकाबाट फर्केका ती नागरिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै उनको पाँच जनाको परिवार र उनलाई सङ्क्रमण फैलिन रोक्न भनी तत्काल छुट्टै राखी उपचार सेवा शुरू गरिएको छ ।

मिलानस्थित साक्को अस्पतालमा परीक्षण पछि मोजाम्बिकबाट आएका ती व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो ।

बिरामी र उनका परिवार सबै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको र अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो रहेको आइतबार इटालीको नेशनल इन्स्टिच्यूट अफ हेल्थले जानकारी गराएको छ ।

विश्व स्वास्थ्य संगठनले गत शुक्रबार सार्स–कोभ–२ को नवीनतम संस्करण बी.१.१.५२९ लाई ‘चिन्ताको विषय’ घोषणा गरेको थियो । संगठनले यो संस्करणलाई कोभिडको खतरनाक भाइरस भन्दै आधिकारिक रूपमा यसलाई ग्रीक नाम ओमिक्रोन दिएको थियो । विश्व स्वास्थ्य संगठनले विश्व समुदायलाई यस नयाँ ‘भेरिएन्ट’ विरुद्ध निगरानी र नियन्त्रणको प्रयासलाई अझ बढाउन आग्रह गरेको छ ।

शनिबार इटालियाली स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले विगत १४ दिनमा दक्षिण अफ्रिका, लेसोथो, बोत्स्वाना, जिम्बाबे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी र मलावीको भ्रमण गरेका मानिसहरूमाथि यात्रा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १०:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...