Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

यी हुन् उमेर हदका कारण एमाले नेतृत्वबाट स्वतः अवकाशमा परेका नेता



काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः अवकाशमा परेका छन् । नेतृत्व तहमै रहेका काम गरेका अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे उमेर हदका कारण अवकाशमा परेका हुन् ।

उमेर हदले स्वतः अवकाशमा परेका नेता बोहरा यसअघि अनुशासन आयोगका अध्यक्ष थिए । ७३ वर्ष पार गरेका उनी स्वतः अवकाशमा परेका हुन् । यसैगरि अवकाशमा परेका सत्यनारायण मण्डल प्रदेश २ का इन्चार्ज थिए ।

स्वतः अवकाशमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल पनि परेका छन् । ७१ वर्ष पुरा भएका पौडेल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

यस्तै स्वतः अवकाशमा परेका महेन्द्रबहादुर पाण्डे यसअघि चीनका लागि राजदूतको जिम्मेवारीमा थिए । गठबन्धनको नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएको थियो ।

उमेर हदका कारण अवकाशमा परेका यी नेताहरु एमालेमा सक्रिय राजनीति गर्नबाट बञ्चित भएका छन् । उनीहरु एमालेको सल्लाहकारको भूमिकामा भने रहन सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके