Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कसैले बोलायो



उसकै काँधमा चढेर हो तिमीले
यो स्वप्निल लालसत्तामा रथारोहण गरेको !
श्रीरामले लंका पाएपछि
अलपत्र छोडेका सेनाहरू जस्तै
मिल्काएकै हो
उपेक्षा गरेकै हो
तिरस्कार गरेकै हो
तिमीहरूले उनिहरूलाई र,
अलपत्र पारेको समरका यात्रीहरूलाई ।
जब महासमरका सपनाहरू लुटिए
त्यसपछि मात्रै हो तिमीहरूले
उसको उर्बर जवानी लुटेको
ब्यारेकहरूमा कैद उनीहरूको
श्रम पसिना लुटेको ।
बिचरा ! बिचरा!!
के गरोस् त उसले
बाढीपछिको बगरजस्तै
एक उराठ लडाकुको
यो भग्नावशेष जिन्दगीमा
खुसी छ आज उ किनकि
कसैले उसलाई पनि सम्झियो ।
एउटा गल्लावाल व्यापारीले
एक थोपा गोहीको आँशु तप्प खसाल्यो
यो नारायणीको किनारहरुमा
र भन्यो
आउ बिचरा लडाकुहरू हामी छौँ नि ।
उसले महको एक गिलास पानीमा
एक चम्चा जहर मिसायो
र भन्यो
ए लडाकु समाऊ यो गिलास
र मेट समरका प्यासहरू ।
ऊ पनि खुसीले दङ्ग थियो
किनकि उसलाई कसैले सम्झियो ।
उसले उनीहरूको मन जित्न खोज्यो
उसले उनीहरूको भावना मिच्न खोज्यो
उसको दुःख र पीडा बोल्न खोज्यो
तर तिमिले तिम्रो लागि लड्ने
उसको घाइते तन मनहरूमा
मलम पट्टीहरू लगाउन
एक कदम के गर्यौ र ?
तिम्रो सिंहासनलाई
उसको जिउ भित्र अल्झिएका
गोलीका छर्राहरू झिक्न
खै के ले छेक्यो कमरेड ?
तर तिमी र तिम्राहरूलाई
देश विदेश शयर गर्न किन छेकेन ?
केही उत्तर छ र कम्रेड ?
ऊ सोच्दै छ आज
उसलाई काँग्रेसले कहिल्यै बोलाएन
उसलाई ए बी सी कुनै वादीहरूले
कहिल्यै बोलाएनन्
कहिल्यै सम्झिएनन् ।
तर पनि
उसलाई कतारले बोलायो
उसलाई मलेसिया र दुवईले बोलायो
इराक र अफगानिस्तानले बोलायो ।
युरोप र अमेरिकाले बोलायो ।
यस्तै उस्तै यी गल्लावाला
व्यापारीहरूले पनि बोलाए ।
अलपत्र परेको युद्धका लडाकुहरूलाई
यस्तो हो साइला
सबै सबैले बोलाए,
सबै सबैले मोलाए ।
( २०७८ मंसिर ११)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै