Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एमालेमा अध्यक्षसहित १४ पदाधिकारीको निर्वाचन हुँदै, कसको सम्भावना कति ?



काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको १० महाधिवेशनमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ । सहमति नजुटेसँगै अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा प्रतिस्पर्धा हुन लागेको हो ।

अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै उपाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । ६ जनाको व्यवस्था भएको पदमा सुवास नेम्वाङ, रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली छन् ।

त्यस्तै ७ जनाको सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । सचिव पदमा योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, टंक कार्की र भीम आचार्य छन् ।

रायमाझी र भट्ट पूर्वमाओवादी समूहका हुन् भने भट्टराई, विष्ट, आचार्य र कार्की १० बुँदे समूहका हुन् ।

यसअघि आइतबार राति अध्यक्ष ओलीले बन्द सत्रमा सहमतिको लागि भन्दै १९ पदाधिकारको नाम पेस गरेका थिए । जसमध्ये वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत भएपनि अन्य पदमा अन्यको तर्फबाट पनि उम्मेदवारी परेसँगै मतदान हुन लागेको हो ।

महाधिवेशन प्रतिनिधि चयनमै बलियो देखिएको ओली समूह निर्वाचनमा जाँदा पनि सफल हुने देखिएको छ । तर, पूर्वमाओवादी समूह र १० बुँदे समूहको भविष्य केही कमजोर देखिन्छ । यदि ओली समूहकै प्रतिनिधिले पूर्वमाओवादी समूहलाई साथ नदिए रामबहादुर थापा बादलसहितका तीन उम्मेदवारको पराजीत निश्चित देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके