Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

बहसमा राप्रपा महाधिवेशन : नेतृत्वमा कस्तो नेतालाई ल्याउने ?



राजसंस्थासहितको प्रजातन्त्र, हिन्दु अधिराज्य, अखण्ड नेपाललाई मुल लक्ष्य मानेर वि.सं. २०४६ को परिवर्तन पछि ०४७ जेठ १५ गते एकै दिन दुई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना भएका थिए । लामो समयको पञ्चायती व्यवस्थालाई सफल नेतृत्व दिएका नेताहरूले स्थापनको छोटो समयमा नै राप्रपालाई मुलुकको शक्तिशाली मध्यमार्गी दलको रुपमा स्थापित गराउन सफल भएका थिए ।

विडम्बना पछिल्लो तीन दशको कालखण्डमा राप्रपा निकै पटक फुट्यो । आजको एकीकृत राप्रपा अब इतिहासमै कहिल्यै नफुटने गरि हिन्दुहरुको आधार ग्रन्थ गीतलाई साक्षि राखेर एक भएको छ । यो एकीकृत राप्रपाको मंसिर १५, १६ र १७ गते केन्द्रीय महाधिवेशन हुँदैछ । नीति र सिद्धान्तमा एकरूपता भएको दलभित्र महाधिवेशनको पुर्वसन्ध्यामा नेतृत्वको लागि छलफल र बहस हुनु स्वभाविक हो । एउटा जिवन्त दलभित्र नेतृत्वको विषयमा सामान्य उल्झनहरु देखिनु सकारात्मक पनि हो । राप्रपालाई निरन्तर नेतृत्व गरिरहेका नेताहरु, नेतृत्वको मौका नपाएका नेता र नयाँ, युवापुस्ताबीच कसले राप्रपालाई नेतृत्व दिने भन्ने विषय पेचिलो बन्दै गएको छ । यता दुई दलबीचको एकीकरण पछि हुन लागेको अधिवेशनलाई सर्वसम्मत नेतृत्व दिएर एकताको सन्देश दिनुपर्ने देशभरिका कार्यकर्ताहरुको चाहाना पनि छ ।

यहाँनेर बुझ्न के जरुरी छ भने नेतृत्व भन्ने वित्तिकै हामी व्यक्तिमा मात्र केन्द्रीत भयौँ । प्रजातन्त्रको यत्रो वर्षहरुमा हामीले प्रजातन्त्रको व्याख्या, विश्लेषण त निकै गरेका हौँ तर हामीले आन्तरिक रुपमा हामीमा प्रजातन्त्र छ, छैन, हाम्रो चरित्र प्रजातान्त्रिक हो, हैन अनि हामीले स्थापित गराउन खोजेको नेतृत्वले कस्तो चरित्र बोकेको छ ? यसबारे बहस गरेनौ । सत्ता केन्द्रीत राजनीति, शक्ति संघर्षका लागिमात्र हामी अगाडि बढिरहेको कारण हाम्रो साख पनि गरिरहेको त हैन ? प्रश्न गम्भीर छ ।

नेतृत्व भनेको दलले बोकेको ठोस, विचार, नीति र सिद्धान्तलाई इमान्दारीपूर्वक प्रजातान्त्रिक ढंगले गन्तव्यमा पुर्‍याउने कार्यकारी पद हो । यो वैज्ञानिक युगमा नेतृत्वको विषयलाई व्यक्तिमा मात्र सिमित राख्नु गलत हुन्छ । मात्र व्यक्ति केन्द्रीत नेतृत्वको बहस युग सुहाउँदो हुँदैन । सामूहिक उद्देश्य प्राप्तिको लागि वर्तमान युग सुहाउँदो, भविष्य प्रष्ट देखाउन सक्ने, समूहका अव्यवस्थित क्रियाकलापलाई एउटै आकारमा ल्याएर व्यवस्थित ढंगले सामूहिक उद्देश्य प्राप्ति गर्न कार्यकारी पद पनि हो नेतृत्व तर, यस्तो नेतृत्व व्यक्तिसँग जोडिएको उसको शैलीमा भरपर्छ ।

दलको मुल विचारलाई बन्धक राखेर सत्ता प्राप्तिको अवसरवादी चिन्तनबाट ग्रसित हुनु र दललाई प्रयोगको मैदान बनाउनु, आफ्ना समकक्षी वा अनुयायीहरुलाई वस्तु वा पदार्थ सरहको व्यवहार गर्नु र मात्र सत्ता केन्द्रीत सोंच बोक्ने नेताले पार्टीले बोकेको पवित्र उदेश्यलाई गन्तव्यमा पुर्‍याउन सक्दैन । आफूअन्तर्गत सबै समिति र सदस्यलाई दास सरह व्यवहार गर्ने, सबै अधिकार मात्र हैन दलबाट प्राप्त सबै स्रोत र साधनको समेत एकलौटी उपयोग र प्रयोग गर्ने र त्यसका विरुद्ध कसैले आवाज उठाए त्यसलाई नियन्त्रण र निषेध गर्ने विशेषता यस्तो नेतृत्वमा पाइन्छ ।

अहिले संसारभरिका जुनसुकै दल, सरकार वा समाजमा दुइथरि नेतृत्व क्रियाशिल छन । प्रजातान्त्रिक चरित्र बोकेको नेतृत्व र निरंकुश चरित्र बोकेको नेतृत्व । यो ऐतिहासिक महाधिवेशनमा हामीले खोजेको नेतृत्व कस्तो हो ? प्रश्न यहाँनेर छ, छलफल यसैमा गर्नु जरुरी पनि छ ।

कयाैँ दल, सरकार र समाजमा निरंकुश नेतृत्वले पनि यदाकदा राज गरेको पाइन्छ तर, उसको अन्त्य अत्यन्तै कारुणिक हुन्छ । यस्तो नेतृत्वमा पनि जनसमर्थन हुन्छ र उनीहरु पनि आफुलाई जनउत्तरदायि ठान्छन् । निर्णयको सबै अधिकार आफुमा मात्र सिमित राख्ने एवं अन्य सबैलाई प्रयोगको साधन सरह व्यवहार गर्ने शैली यस्तो नेतृत्वमा हुन्छ । आफू मातहतको कुनै पनि इकाईको तहगत निर्णय यस्तो नेतृत्वले मान्दैन । विषेशतः पार्टीलाई सधैँ आफुले प्रयोग गर्ने र आफुलाई नै सर्वमान्य ठानेर कसैले विपक्षमा बोले पार्टीविरुद्ध बोलेको ठान्ने अधिनायकवादी चिन्तन पनि निरंकुश नेतृत्वमा पाइन्छ । पार्टीको पक्ष तथा नेतृत्वको विपक्षमा कसैले आवाज उठायो भने निरंकुश शैलीले त्यस्तो आवाज उठाउनेलाई पाखा लगाउने, अवसरबाट बन्चित गराउने तथा निषेधको राजनीति गर्ने शैली निरंकुश नेतृत्वमा हुन्छ ।

समूह वा संगठनभन्दा सधैँ आफुलाई माथि राख्ने, तदनुरुपका समूह वा संगठनलाई कारिन्दा सरहको व्यवहार गर्ने निरंकुश नेतृत्वको विषेशता हो । कुनै पनि महत्वपूर्णं निर्णयहरुमा कसैको राय, सुझाव लिने र पारदर्शिताको गुण यस्तो नेतृत्वमा पाइदैन । सबै शक्ति आफुमा केन्द्रीत गर्ने, सबै निर्णय एकल गर्ने उच्चस्तरको समेत सबैतहमा नियन्त्रणाको प्रयास गर्ने शैली यस्तो नेतृत्वमा पाइन्छ ।

नीति र विधानलाई प्रधान नमान्ने, लाभ र हानीको ज्ञान गर्न नसक्नु, आवेशमा निर्णय गर्ने र फुर्सदमा पछुताउने चरित्रका कारण यस्तो नेतृत्व क्षणिक सफल भएपनि लामो समय टिक्न सक्दैन । सबै नियम र कानुनको आफैले प्रयोग गर्ने, दललाई प्रयोगको थलो बनाउने र दलभन्दा व्यक्तिगत चिन्ताको कारण यस्तो नेताले नेतृत्व गरेको दल एक चुनावभन्दा बढी टिकेको इतिहास प्रायः पाईदैन । उदाहरण हाम्रै वरिपरि छ ।

दलको मुल विचारलाई बन्धक राखेर सत्ता प्राप्तिको अवसरवादी चिन्तनबाट ग्रसित हुनु र दललाई प्रयोगको मैदान बनाउनु, आफ्ना समकक्षी वा अनुयायीहरुलाई वस्तु वा पदार्थ सरहको व्यवहार गर्नु र मात्र सत्ता केन्द्रीत सोंच बोक्ने नेताले पार्टीले बोकेको पवित्र उदेश्यलाई गन्तव्यमा पुर्‍याउन सक्दैन । आफूअन्तर्गत सबै समिति र सदस्यलाई दास सरह व्यवहार गर्ने, सबै अधिकार मात्र हैन दलबाट प्राप्त सबै स्रोत र साधनको समेत एकलौटी उपयोग र प्रयोग गर्ने र त्यसका विरुद्ध कसैले आवाज उठाए त्यसलाई नियन्त्रण र निषेध गर्ने विशेषता यस्तो नेतृत्वमा पाइन्छ । आज संसारभरिका कतिपय निरंकुश नेताहरुले नेतृत्व गरेको दल वा सरकारलाई गहिरिएर अध्ययन र विश्लेषण गर्ने हो भने यस्ता विषयहरु प्रष्ट हुन्छन् । हाम्रै देशमा पनि पटक–पटक सरकारमा गएका वा नगएका क्रियाशिल दलहरु र त्यसका नेतृत्वलाई अध्ययन गर्दा त्यस्ता स्वभाव भएका नेताहरुले नेतृत्व गरेको दल पुर्णतः असफल भएको छ । करनी र कथनीमा विल्कुल फरक रहने यस्ता नेताहरुले यदाकदा आफुलाई प्रजातान्त्रिक छाता ओढेझै देखाउछन तर, प्रजातन्त्रको छाताभित्र निरंकुशता साँध्दै समाजमा आफूलाई प्रस्तुत गरिरहेको पत्तै पाउँदैन यसर्थ यस्तो व्यक्ति उपर जग हाँसिरहेको हुन्छ ।

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि शुरु हुँदै | Safal Khabar

आजको युगमा दलले बोकेको पवित्र उद्देश्य प्राप्तिको लागि प्रजातान्त्रिक नेतृत्वको विकल्प छैन । करनि र कथनिमा समानता रहने यस्तो नेताले नेतृत्व गरेको दल वर्तमान युग सुहाउँदो पनि हुन्छ र यसले सफलता पनि प्राप्त गर्छ । अझ विशेषतः सबै कामको जिम्मेवारी बाँडफाँट गर्ने र आफु पनि अन्य सरह नै काम गर्ने क्षमता यस्तो नेतृत्वमा पाइन्छ ।

प्रजातान्त्रिक नेतृत्वमा शक्ति र अधिकारको कुशल प्रयोग गर्ने क्षमता हुन्छ । सामूहिक भावनाअनुसार उचित निर्णय लिने विशेष गुण पनि हुन्छ । यस्तो नेतृत्वले समूह र संगठनलाई शक्तिको स्रोत मान्दछन् । मुख्यतः संगठनको लक्ष्य निर्धारण गरेर संरचना तयार गर्ने कार्य प्रजातान्त्रिक नेतृत्वले गर्छ । सम्पूर्ण अधिकारहरु आवश्यकताअनुसार तल्लो तहसम्म हस्तान्तरण गर्ने विशेष क्षमता यस्तो नेतृत्वमा पाइन्छ । विचारको बहस गर्न छुट दिने, हरेक खालको निर्णयमा सबैलाई सहभागी गराउने विशेष गुण पनि यस्तो नेतृत्वमा पाइन्छ ।

दल बलियो हुँदा आफ्नो सम्पूर्ण भविष्य देख्ने यस्तो नेतृत्वले दललाई नै बलियो बनाउने चिन्तन बोकेको हुन्छ । समूह वा संगठनकर्तालाई गुण र दोषको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने चरित्र प्रजातान्त्रिक नेतृत्वमा देखिन्छ । दललाई साझा सम्पत्ति ठान्ने यस्तो नेतृत्वले दलभित्रका सहयात्री वा अनुयायीहरुलाई आफू बराबर नै ठानेर सबै अधिकार, स्रोत र साधनको वरावरि हिस्सेदार बनाउछ । आवेशमा हैन सामूहिक छलफल पछिको निर्णय, विधि र विधानलाई शिरमा राखेर अगाडि बढ्ने चरित्र तथा आफ्नो विपक्षमा हुने बसहलाई समेत स्थान दिने विशेष गुण प्रजातान्त्रिक नेतृत्वमा हुन्छ ।

राप्रपाको नजिकिएको महाधिवेशनलाई मध्यनजर गर्दै नेतृत्वको विषयमा घनिभुत छलफल गरौँ । कस्तो शैली, आचरण, व्यवहार भएको नेतालाई राप्रपाको नेतृत्व दिने हो ? त्यो अवसर तपाईं, हाम्रो हातमा छ । वर्तमान युग सुहाउँदो प्रजातान्त्रिक नेतालाई हामीले नेतृत्व दिन सकेनौ भने हाम्रो आउँदो राजनीतिक दिनहरु अँध्यारो नै रहनेछन । राजनीतिक भविष्य सुरक्षित हुनेछैन् ।

व्यक्तिगत जीवनशैली समेत साधारण रहने यस्तो नेतृत्वले कार्यकर्ताहरुलाई सर्वमान्य ठान्दै मित्रवत व्यवहार गर्छन् । कार्यकर्ताहरु दास हैन अंशियार हुन् भन्ने चिन्तन भएका यस्ता नेतृत्वले दललाई विशेष स्थानमा पुर्‍याएर विश्राम लिने गर्छन् । आजको युगमा दलले बोकेको पवित्र उद्देश्य प्राप्तिको लागि प्रजातान्त्रिक नेतृत्वको विकल्प छैन । करनि र कथनिमा समानता रहने यस्तो नेताले नेतृत्व गरेको दल वर्तमान युग सुहाउँदो पनि हुन्छ र यसले सफलता पनि प्राप्त गर्छ । अझ विशेषतः सबै कामको जिम्मेवारी बाँडफाँट गर्ने र आफु पनि अन्य सरह नै काम गर्ने क्षमता यस्तो नेतृत्वमा पाइन्छ ।

तसर्थ, राप्रपाको नजिकिएको महाधिवेशनलाई मध्यनजर गर्दै नेतृत्वको विषयमा घनिभुत छलफल गरौँ । कस्तो शैली, आचरण, व्यवहार भएको नेतालाई राप्रपाको नेतृत्व दिने हो ? त्यो अवसर तपाईं, हाम्रो हातमा छ । वर्तमान युग सुहाउँदो प्रजातान्त्रिक नेतालाई हामीले नेतृत्व दिन सकेनौ भने हाम्रो आउँदो राजनीतिक दिनहरु अँध्यारो नै रहनेछन । राजनीतिक भविष्य सुरक्षित हुनेछैन् । राप्रपालाई सफल बनाएर त्यसको जगमा हामीले आफ्नो भविष्य खोजेका हाँै भने नजिकिएको महाधिवेशनबाट कस्तो नेतृत्व स्थापित गर्ने भन्ने कुरा छान्न इतिहासले हामीलाई सुवर्णं अवसर प्रदान गरेको छ । हतार र आवेशमा होइन शान्त मनस्थितिले आवश्यकताअनुरुपको कामहरु हामीले गर्ने हो भने राप्रपा पनि सफल हुन्छ र हाम्रो भविष्य पनि सुरक्षित रहन्छ । जय राष्ट्रवाद !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी