Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या



उदयपुर । जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या हुँदै आएको छ ।  तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालका रुपमा रहेकोे जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको हो ।

पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने विभिन्न रोगीको चाप दिनदिनै बढ्दै गरे पनि सम्बन्धित रोगको विशेषज्ञको अभावमा उपचारमा असर परेकोे अस्पतालका कर्मचारी बताउँछन् । तेह्र जनाको दरबन्दीमध्ये अहिले एक स्त्रीरोगसम्बन्धी र एक जनरल फिजिसियन र एक मेडिकल अधिकृतमात्र रहेकाले सोचेजस्तो उपचार हुन नसकेको जिल्ला अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत जीवनारायण मण्डलले बताए ।

अस्पतालमा अधिकांश चिकित्सकसहित एनेस्थेसियाको पनि दरबन्दी खाली रहेको उनको भनाइ थियो “उपचारका लागि धेरै बिरामी आउने गर्नुहुन्छ, यहाँ विद्यमान जनशक्तिले भ्याउन सकेको छैन, अन्य विषयगत चिकित्सक नहुँदा सम्बन्धित रोगका बिरामी जिल्ला बाहिर पठाउन बाध्य छौँ”, मेडिकल अधिकृत मण्डलले भने ।

अस्पतालमा दरबन्दीअनुसारको जनशक्तिको अभावका कारण नै जिल्लावासीले सोचेजस्तो सेवा पाउन नसक्नुको मुख्य कारण रहेको उनको धारणा थियो । दरबन्दी पूरा गर्न अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले नै पहल गर्न नसकेको आरोप स्थानीयवासी रमेश दाहालको आरोप थियो ।

दुई वर्षअघि स्वास्थ्य विभागले रु एक करोडमा खरिद गरेर पठाएको दुई वटा भेन्टिलेटर पनि एनेस्थेशिया चिकित्सककोे अभावमा सञ्चालन हुन नसक्दा भेन्टिलेटर थन्किएर बसेको अस्पताल विकास समितिका सदस्य महेश रोकाले बताए । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक खड्ग परियारले आफूहरुले पटकपटक सम्बन्धित निकायमा चिकित्सक र अन्य कर्मचारीको दरबन्दी पूरा गरिदिन अनुरोध गर्दै आएको दुई वर्ष बितिसके पनि सुनुवाइ नभएको गुनासो गरे ।

पहाडी छिमेकी जिल्ला खोटाङबाट समेत यहाँ ठूलो सङ्ख्यामा बिरामी आउने गरेकामा अहिले आवश्यक जनशक्ति नहुँदा बिरामीलाई अन्यत्र लानु परेको परेको त्रियुगा नगरपालिका-३ मोतिगडाका दुर्गाप्रसाद भट्टराईले बताए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके