Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रतिनिधिहरु सार्वभौम हुनुहुन्छ उहाँहरुको अधिकारलाई सम्मान गर्नुपर्दछ-डा. भीम रावल



काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भिम रावलले प्रतिनिधिहरु नै सार्वभौम भएकाले उनीहरुको अधिकार र निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

डा. रावलले अध्यक्ष लगायतका अन्य विभिन्न पदमा उम्मेदवारीका लागि नाम दर्ता गराएकाहरुले कस्ले जित्छ र कसले हार्छ भन्ने कुरा प्रतिनिधिहरुले तय गर्ने बताएका छन् ।

‘प्रतिनिधिहरु सार्वभौम रहेकाले उहाँहरुले बहुमत दिएमा मैले पनि जित्न सक्छु वा अर्का अध्यक्षले पनि जित्न सक्नुहुन्छ । प्रतिनिधिहरुको अधिकारलाई हामीले सम्मान गर्नुपर्छ ।’ डा. रावलले भने, ‘विगतमा पनि त्यसरी नै भएकाले प्रतिनिधि कमरेडहरुको त्यो अधिकारलाई हामीले सम्मान गर्नुपर्छ र परिणाममा हेर्नुपर्छ ।’

नेकपा एमालेको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका डा. रावलले उम्मेदवार घोषणा गर्ने क्रममा १२ उद्धेश्य र लक्ष्य तथा १५ मान्यताहरु स्पष्ट रुपमा अगाडि सारेकाले तीनै उद्धेश्य र लक्ष्यहरु देशको राष्ट्रियता, जनताको हकअधिकार, प्राकृतिक स्रोत संचालन, देशमा व्याप्त विकृति, विसंगति तथा भ्रष्टाचार हटाउने, स्वतन्त्र परराष्ट्र नीति र पार्टीलाई पद्धति विधिगत किसीमले संचालन गर्ने र यसलाई शक्तिसाली बनाउने लगायतका विषयसँग सम्बन्धीत रहेको बताएका छन् ।

‘देशका राष्ट्रिय वामपन्थी शक्तिहरुमा अहिले देखिएको तिक्तता न्यून गर्ने, राष्ट्रिय शक्तिहरु राष्ट्रिय साझा सवालमा मिलेर अगाडि कसरी बढ्न सकिन्छ भन्ने कुरातर्फ पाइला चाल्नेसँग सम्बन्धीत छन् ।’ महाधिबेशनस्थलमा पत्रकारहरुसँगको कुराकानीमा डा. रावले भने ।

अध्यक्ष बाहेक अन्य सबै पदमा मिल्ने कुरा भएको थियो नि भनेर सोधिएको प्रश्नमा डा. रावलले त्यसलाई काल्पनिक भनेका छन् । उनले यति ठूलो महाधिबेशनमा प्रतिनिधिहरुले चुन्न र चुनिन पाउने आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाउने थलो नै महाधिबेशन भएकोले त्यसलाई सम्मान गर्नुपर्ने समेत बताए ।

लोकतन्त्रमा विधि, कानुन तथा व्यक्तिहरुका अधिकार मिचियो भने त्यहाँ प्रणाली कमजोर हुने र त्यतिबेला मात्र एकता कमजोर हुने बताउँदै स्वच्छ प्रतिश्पर्धा गर्ने अधिकारको प्रयोग गर्दा एकता कहिले पनि कमजोर नहुने समेत उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी