Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

केन्द्रीय सदस्य पदमा पनि निर्वाचन हुने, ओलीको प्रस्तावभन्दा दुई दर्जन बढीको उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा (एमाले)मा अन्ततः सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । पदाधिकारीमा मात्रै चुनाव हुने मानिएको बेला केन्द्रीय समितिमा पनि सिफारिसभन्दा बढी ३० जना उम्मेदवार थपिएसँगै केन्द्रीय सदस्यका बीच पपनि चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेकका सबै प्रदेशमा थप उम्मेदवारी परेको छ । समावेशी कोटाअन्तर्गका क्लस्टरमा पनि सिफारिसभन्दा बढीको संख्यामा उम्मेदवारी परेका छन् ।

खुला पुरुषतर्फ ८४ जना प्रस्ताव गरिएकोमा थप ५ जनाले उम्मेदवारी दिएका छन् । सुरेन्द्र मानन्धर,नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले बागी उम्मेदवारी दिएका हुन् ।

यसैगरि खुला महिलामा ५३ जनाको नाम प्रस्ताव गरिएकोमा अर्चना गहतराज, उषाकिरण तिम्सेना, भगवती न्यौपानेले बागी उम्मेदवारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी