back

गाउँमै मिलापत्र भएपछि मानव अधिकारका घटना न्यून

वि.सं.२०७८ मंसिर १३ सोमवार

117 

shares
NTC AD
Global IME AD

सिमकोट । गाउँमै मिलापत्र भएपछि हुम्लामा मानव अधिकारका घटना न्यून देखिएको छ ।

स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएकोे हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा यो वर्ष जिल्लामा अतिन्यून घटना भएको जनाइएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर १२ गतेसम्म सङ्कलन गरिएका १० वटा मानव अधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरिएको थियो ।

जसमा सम्मानितरुपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित तीन, स्वास्थ्य तथा शिक्षा अधिकारका एक, महिलासँग सम्बन्धित बलत्कार, बलत्कार प्रयास र यौन दुव्र्यवहारका पाँच र आर्थिक तथा समाजिक अधिकारको एक घटना प्रस्तुत गरिएको थियो ।

हालसम सङ्कलन गरिएका तर पुनरावलोकन गर्न बाँकी घटना भए सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेट्नुपर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सङ्कलित घटनाबारे चर्चा गर्दै उक्त घटनाप्रति सम्बन्धित निकायको पनि ध्यान जानु जरुरी भएको उनको भनाइ थियो । नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाले दुुई स्थानमा हुने एकै घटनाको प्रकृति पनि फरक हुने भएकाले दुईवटै क्षेत्रका घटनालाई सङ्कलन गरी एउटा अभिलेख तयार पार्नु सुखद पक्ष रहेको बताए ।

पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष राजन रावतले यस अघि हुम्ला जिल्लामा  इन्सेकलाई कुनै पनि घटना सङ्कलन गर्न भौगोलिक विकटताले समस्या भएको बताए ।

प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले कुनै पनि व्यक्ति थुनामा रहेर गाँस, बाँस र कपासबाट बञ्चित हुनु मानव अधिकार उल्लङ्घन भएको चर्चा गर्दै त्यस्ताखाले घटना यहाँ नभएको उल्लेख गरे । यो वर्ष हुम्लामा खाद्यान्नको अभाव र बाढीपहिराबाट समस्या झेल्दै आएका घटनालाई पनि इन्सेकले अभिलेख गर्नु थप सराहनीय कार्य भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य छक्क रोकायाले बताए ।
रासस

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...