Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्र महालक्ष्मी नगरपालिकाको अध्यक्षमा श्याम कृष्ण मर्हजन



ललितपुर । नेकपा माओवादी केन्द्रको महालक्ष्मी नगरपालिका ललितपुरको अधिबेशनले श्याम कृष्ण महर्जनको अध्यक्षतामा ६५ सदस्यीय महालक्ष्मी नगरसमिति गठन गरेको छ ।

शनिवार सानागाउँको सिद्धिपुर पार्टी प्यालेसमा सम्पन्न उक्त अधिबेशनमा माओवादी केन्द्र महालक्ष्मी नगर कमिटीका अध्यक्ष श्याम कृष्ण महर्जनको अध्यक्षता, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त अधिबेशनमा बागमती प्रदेश समितिका सदस्य शिव प्रसाद कट्टेल, ललितपुर जिल्ला सचिवालय सदस्य कवि गौतम (विनय), जिल्ला सदस्यहरु विजय बानियाँ, रामगोपाल सिंह, धनकुमार मैनाली (अभिलाष), उमंग के.सी,.महालक्ष्मी नगर ईञ्चार्ज भरत पराजुली राजेश लगायतको आतिथ्यता रहेको थियो ।

May be an image of 3 people, people sitting, indoor and text that says 'न्द्र) न A D'

अधिवेशनलाई पार्टीकी स्थायी समिती सदस्य तथा मन्त्री पम्फा भुषालले नेकपा (माओवादी केन्द्र) जनताको पार्टी भएकोले पार्टीको नीति कार्यक्रम र सरकारमा रहदाँ गरेको राम्रो कामको बारेमा जनतालाई बताउनुपर्ने बताएका थिए । ‘हामी सबै अहोरात्र खटेर पार्टीलाई पहिलेको पूर्ववत अवस्थामा पुर्याउनुपर्छ ।’ मन्त्री भुसालले भनिन् ।

सोहि कार्यक्रममा मन्त्री भुषालद्धारा जनयुद्धकालमा पार्टीलाई सहयोग गरेका महालक्ष्मी नगरपालिका वडा न.२ का बासुदेव सुबेदीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

May be an image of 12 people, people sitting and people standing

नगर कमिटीमा नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका अध्यक्ष तथा अधिवक्ता राम श्रेष्ठले कार्यकाल सफलताको शुभकामना सहित बधाई ज्ञापन गरेका थिए भने शिव प्रसाद कट्टेलले पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

May be an image of one or more people, people sitting, people standing and indoor

राजेन्द्र अमात्यको संचालन रहेको उक्त कार्यक्रमका अवसरमा समाजसेवी विनयजंग बस्नेत र उनकी श्रीमती पुजा विश्वकर्मा बस्नेत पार्टीमा प्रवेश गरेका थिए ।

May be an image of 5 people, people sitting and people standing

May be an image of 7 people and people standing


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी