Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आज देशैभरी २५९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा आज २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८८८ नमुना परीक्षणमा थप २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २५९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ । साथै आज २६४ जना निको भएसँगै संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका १ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।

नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६,५४१ जना होम आइसोलेशन र ४०३ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल देशका विभिन्न अस्पतालका आइसीयुमा १५९ जना र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

खोप लगाउनेको संख्या २ करोड नजिक
नेपालमा हालसम्म १ करोड ८१ लाख ५ हजार ९५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये ९७ लाख २२ हजार ९६१ जनाले पहिलो मात्रा र दोस्रो मात्राको खोप लगाउनेको संख्या ८३ लाख ८२ हजार ९९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ५३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी