Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते



कास्की । बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा-बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।

भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घुम्तीस्थित पोखरा-बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । उनको उपचाका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

घाइते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटामा परी घाइते हुनेमा बागलुङ नगरपालिका-६ लहरेपीपलका २९ वर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गाका ४८ वर्षीया कृष्ण खड्का, बागलुङ नगरपालिका-१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ, उनका बुबा ८५ वर्षीय उमलाल श्रेष्ठ, बागलुङ नगरपालिका-२ का ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका-४ का ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महागनरपालिका-३ की साधना उपाध्याय र अन्नपूर्ण गाउँपालिका-३ पाउदुरका माया विक छन् ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी