Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

हस्तबहादुरको ‘माओ त्सेतुङका प्रमुख लेखहरू’ नामक पुस्तक सार्वजनिक



काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आफ्नो दोस्रो प्रकाशनका रुपमा वरिष्ठ माक्र्सवादी लेखक हस्तबहादुर केसी संकलक तथा सम्पादक रहेको ‘माओ त्सेतुङका प्रमुख लेखहरु’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

केन्द्रको पहिलो प्रकाशनको रुपमा लेखक केसीद्वारा लिखित ‘मार्क्सवाद विकासको इतिहास’ नामक पुस्तक यसभन्दा पहिले नै प्रकाशित गरेको थियो । दुई खण्डमा विभक्त गरिएको यो संकलन खण्ड – एकमा संकलक/सम्पादक केसीले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष माओ त्सेतुङको संक्षिप्त जीवनीसहित प्रमुख लेखहरु प्रकाशित गरेका थिए । साथै खण्ड दुईमा माओ त्सेतुङका केही महत्वपूर्ण उदारणहरु समावेश गरिएको छ र त्यसमा दर्शनको विषयमा र राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र अन्य विषयहरु समेटिएको छ ।

विभिन्न समयमा लेखिएका माओ त्सेतुङका दर्शन, सिद्धान्त एवं व्यवहारका बारेमा सिर्जना गरिएका अत्यन्तै महत्वपूर्ण लेखहरुलाई संकलन र सम्पादन गरेर एउटै पुस्तकमा समावेश गरेर प्रकाशनमा ल्याउने काममा लेखक केसीले आम पाठक र अध्येताहरुलाई निकै सजिलो बनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै