Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

ओली राजनीति : संकटमा साथ दिनले नै पाए लाती



काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा रहेका नेताहरु गोकुल बाँस्कोटा, खगराज अधिकारी, महेश बस्नेत र विशाल भट्टराईलगायतले अध्यक्ष केपी शर्मा ओलीको निकै भार थेगे । उनीहरु नै सबैभन्दा बढी ओलीको बचाउमा उभिए । आफ्नैबाट पनि ओलीविरुद्व साँठगाँठ हुँदै गर्दा ओलीको बचाउमा यी नेताहरुले सक्दो प्रर्यत्न गरेका थिए ।

बाँस्कोटा ७० करोड कमिसन काण्डमा मुछिए । महेश बस्नेत सांसद अपहरण काण्डमा मुछिए । तथापी तत्कालिन समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत ओलीको बचाउ कसरी गर्ने भनेर यी नेताहरुले निकै मेहनत पनि गरे । तत्कालिन समयदेखि नै ओलीको पक्षमा सामाजिक सञ्जालमार्फत नै महेश बस्नेतले अभियान चलाएका थिए । सामाजिक सञ्जालमार्फत ओलीलाई राष्ट्रनायक, राष्ट्रपिता, राष्ट्रवादी नेतालगायतको पगरी गुताउने काम पनि बस्नेतले नै गरेका थिए । बस्नेतले ओलीलाई ‘बा’ भनेर पनि युवाहरुका बीचमा स्थापित गराउने काम गरेका थिए ।

नेकपा विघटन हुँदै ब्यूँतिएको एमालेमा पनि विशेषतः तेस्रो पंक्तिका नेताहरुको निकै ठूलो योगदान छ । विशाल भट्टराई, खगराज अधिकारीलगायतका नेताहरुले पनि एमाले ब्यूँतिएपछि ओलीको सुरक्षा कवजको रुपमा निकै भूमिका खेलेका थिए ।

ओलीको सिधा–सिधा बचाउमा नउभिने र सधैं फाइदामा रहिरहने नेताहरु मात्रै महाधिवेशनबाट निर्विरोध बनेका छन् । ओलीको बचाउमा उभिने कतिपय नेता पदाधिकारी त परै जाओस् केन्द्रीय सदस्यको सूचीमा समेत परेका छैनन् । एमालेको प्रमुख सचेतकसमेत रहेका विशाल भट्टराई ३ सय बढीको केन्द्रीय समितिको सूचीमै समेटिएनन् ।

तर, एमाले महाधिवेशन हुँदै गर्दा मुख्य बचाउमा उत्रिने तेस्रो पंक्तिका नेताहरु माथि नै ओलीले लाति हानेका छन् । ओलीको सिधा–सिधा बचाउमा नउभिने र सधैं फाइदामा रहिरहने नेताहरु मात्रै महाधिवेशनबाट निर्विरोध बनेका छन् । ओलीको बचाउमा उभिने कतिपय नेता पदाधिकारी त परै जाओस् केन्द्रीय सदस्यको सूचीमा समेत परेका छैनन् । एमालेको प्रमुख सचेतकसमेत रहेका विशाल भट्टराई ३ सय बढीको केन्द्रीय समितिको सूचीमै समेटिएनन् ।

ईश्वर पोखरेल ओली सत्तामा पुगेपछि सबैभन्दा बढी फाईदा लिने पात्र हुन् । उनी ओलीको सिधा–सिधा बचाउन नउभिने पात्र पनि हुन् । बाहिर देखिँदा नै बारगेनिङ्गसहित उभिने पोखरेल महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपाध्यक्षमा निवार्चित भएका छन् । सत्तामा रहँदा भ्रष्टाचार र कमिसनका काण्डले चर्चित बनेको पोखरेल कसरी ओली पछिका नेता बने ? एमालेजनमा निकै प्रश्न छ ।

पदको बारगेनिङ्ग गर्दै कहिले यता त कहिले उता जाने सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई अहिले सुरक्षित छन् । यता चरम महत्वकांक्षा बोकेर एमाले भित्रिएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पनि ओलीको सूचीमा पर्दै गर्दा योगदान गर्नेहरु पछाडि फालिएका छन् । जुन ओलीको समर्थकको लागि पनि चित्त नबुझाउने विषय बनेको देखिन्छ ।

सत्ताको वरिपरि रहिरहने शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भईरहँदा ओलीको निम्ति निकै योगदान गर्ने नेताहरु पछाडि परेका छन् । पदको बारगेनिङ्ग गर्दै कहिले यता त कहिले उता जाने सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई अहिले सुरक्षित छन् । यता चरम महत्वकांक्षा बोकेर एमाले भित्रिएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पनि ओलीको सूचीमा पर्दै गर्दा योगदान गर्नेहरु पछाडि फालिएका छन् । जुन ओलीको समर्थकको लागि पनि चित्त नबुझाउने विषय बनेको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके