Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे



लागोस ।  नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ ।

अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।
उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ ।

नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले ग¥यो भन्ने बारेमाा केही खुल्न सकेको छैन ।

कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो ।

यहाँका कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी