Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट



१४ काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र भावना जोशी रहेका छन् । यस्तै, पिङ्की बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी विक, जानवी मौनी र ईश्वरी भण्डारीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।

मङ्सिर १० गतेदेखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो । छनोट भएका खेलाडीहरुका लागि यही मङ्सिर १५ गतेदेखि देहिमाडौँमा बन्द सत्र सञ्चालन गरिने जनाइएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट मङ्सिर २० गतेदेखि धनगढीमा सञ्चालन हुनेछ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ । उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २७ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी