Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोनाबाट आज २५५ संक्रमित, २५६ जना सक्रमणबाट मुक्त



काठमाडौं । नेपालमा आज २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ४६९ नमुना परीक्षणमा थप २५५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २५५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ । साथै आज २५६ जना निको भएसँगै संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख २ हजार ९०९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका २ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

नेपालमा हाल ६ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६,५८९ जना होम आइसोलेशन र ३४२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ११६ जना र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमबारको तुलनामा आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ ।

नेपालमा हालसम्म १ करोड ८३ लाख १७ हजार ५०८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये ९८ लाख ७९ हजार ६४८ जनाले पहिलो मात्रा र दोस्रो मात्राको खोप लगाउनेको संख्या ८४ लाख ३७ हजार ८६० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ११ हजार ५५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके