back

सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने

वि.सं.२०७८ मंसिर १५ बुधवार

126 

shares
NTC AD
Global IME AD

काठमाडौं । सर्वोच्च अदालतमा आज (मंसिर १५) देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने भएको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवराले आफुखुसी पेशी तोकेर न्यायलयलाई बदनाम गराउँदै आएको भन्दै लामो समयदेखि नेपाल बार एसोसियशनको नेतृत्वमा कानुन व्यवसायीहरु आन्दोलन गरेपछि गोलाप्रथाद्धार पेशी तोक्न जबरा राजी भएका थिए ।

आज बिहान १० बजे न्यायाधिशहरुले गोला प्रक्रियाद्धारा इजलास गठन गरेपछि मुद्दाको समुह बनेर सुनुवाईको प्रक्रिया सुरु हुने बताइएको छ । यो प्रक्रिया कार्यान्वयन आएसँगै प्रधानन्यायाधीशको एकलरुपमा मुद्दाको पेशी तोक्ने विशेषाधिकार अन्त्य हुनेछ ।

पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८ अनुसार प्रधानन्यायाधिश २१ न्यायाधिशले थैलीमा रहेको १ देखि २१ नम्बरका गोटीहरु बरिष्ठताका आधारमा पालैपालो उक्त थैलीबाट निकालेर बृहत पूण र पूर्ण इजलासहरु गठन गर्ने छन् । तर, कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराइरहेका प्रधानन्यायाधिश जबरा भने गोला प्रक्रियाबाट पेशी तोकिने पहिलो दिन सर्वोच्च अदालतमा उपस्थित हुन पाउने छैनन् ।

प्रधानन्यायाधिश जबराले न्यायालयभित्रको विकृति, विसंगति र भ्रष्टचारालाई प्रश्रय दिएको, आफुखुसी पेशी तोकेको लगायतका विषयलाई लिएर नेपाल बार एसोसियसनले प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

नेपाल बार र नागरिक समाजको संयुक्त आयोजनामा गत बिहीवार (मंसिर ९ गत प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै बालुवाटारस मार्चपास गरिएको थियो ।

वि.सं.२०७८ मंसिर १५ बुधवार ०९:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...