Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

बीमा कम्पनीहरु पुँजी वृद्धितर्फ, मर्जर वा पुँजी वृद्धिको दबाब दिने तयारीमा समिति



१५ मंसिर, काठमाडौँ । बीमा कम्पनीहरु पुँजी वृद्धितर्फ अग्रसर भएका छन् । बीमा समितिले पनि बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने रणनीति तयार गर्ने तर्फ अगाडि बढेको छ । नयाँ खोलिने जीवन बीमा तथा निर्जीबन बीमा कम्पनीहरुको लागि समितिले दोब्बर पुँजीको सिमामा राखेर लाइसेन्स बाँड्ने तयारी गरेको समिति स्रोतले बताएको छ । निर्जीबन बीमाको लागि २ र जीवन बीमाको लागि ५ अर्ब सम्मको पुँजीको सिमा राख्ने तयारी समितिले गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै बीमा कम्पनीहरुले पौने १३ अर्ब बराबरको नयाँ व्यवसाय गर्न सफल भएका छन् । सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले सो अवधिमा १२ अर्ब ६९ करोड ५५ लाख रुपैंया प्रथम बीमाशुल्क बापत संकलन गरेका हुन् । सबैभन्दा धेरै रकम संकलन गर्नमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सफल भएको छ । जसले एक्लै २ अर्ब ३० करोड ३६ लाख बराबरको व्यवसाय गरेको थियो । त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दोस्रो र लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो स्तरको परिमाणमा रहेर व्यवसाय गर्न सफल भएको तथ्यांकले देखाएको छ ।

बीमा कम्पनीहरुलाई मर्जमा लैजानको लागि वातावारण निर्माण गर्न समितिले चुक्ता पुँजी वृद्धिको अवधारणा अगाडि बढाउन खोजेको छ । तर नयाँको लागि भने सुरुवात पुँजी नै वृद्धि गर्ने तयारी समितिले गरेको छ । पुँजी वृद्धिको माध्यमबाट बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब सिर्जना गर्न खोजेको समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चारमाध्यमलाई बताएका छन् ।

त्यस्तै समिति नयाँ बीमा कम्पनीको लागि लाइसेन्स जारी गर्ने योजनामा पनि जुटेको छ । तर सञ्चालन अवस्थामा रहेका कम्पनीहरुले भने नेपालमा बीमाको बजार सानो भएकाले नयाँ लाइसेन्स वितरण नगर्न समितिलाई सुझाव दिएका छन् । बीमाको बजार विस्तार र पहुँच वृद्धिको लागि नयाँ कम्पनीको नयाँ बीमा कम्पनीको आवश्यकता भएको अध्यक्ष सिलवालको तर्क छ ।

समितिले मर्जरको दबाबका लागि पुँजी वृद्धि गर्ने अवधारणा र कार्यक्रम अगाडि बढाएमा सञ्चालनको अवस्थामा रहेका धेरै कम्पनीहरु चुक्ता पुँजी वृद्धि वा मर्जरको दबाबमा पर्ने देखिएको छ । यतिबेला सञ्चालनको अवस्थामा रहेका २० वटा निर्जीबन कम्पनीहरु मध्ये कुनै पनि कम्पनीले चुक्ता पुँजी २ अर्ब पु¥याएका छैनन् । सबैभन्दा धेरै चुक्ता पुँजी भएको शिखर लाइफ इन्स्योरेन्स कम्पनीको पनि जम्मा १ दशमलब ७५ अर्ब चुक्ता पुँजी रहेको अवस्था छ । २० वटा निर्जीबन कम्पनीहरुको जम्मा चुक्ता पुँजी २० दशमलब १७ अर्ब रहेको तथ्यांकले देखाएको छ ।

यतिबेला सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये चुक्ता पुँजीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि रहेको देखिन्छ । सो कम्पनीको हालको चुक्ता पुँजी ७ दशमलब १९ अर्ब रहेको छ । सबै १९ वटा बीमा कम्पनीहरुको चुक्ता पुँजी ३९ दशमलब ४२ अर्ब पुगेको तथ्यांकले देखाएको छ । समितिले निर्जीबन बीमा कम्पनीहरुलाई २ अर्ब र जीबन बीमा कम्पनीहरुलाई ५ अर्ब चु्क्ता पुँजीको अवधारणा अगाडि बढाएमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बाहेकलाई ठुलो दबाब पर्ने तथ्यांकले देखाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै