Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

राप्रपाको एकता महाधिबेशन आजदेखि सुरु, चुनावी मैदानमा थापा र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकताको महाधिबेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आजदेखि तीन दिन सम्म चल्ने उक्त एकता महाधिबेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपाको संशोधित विधान अनुसार १ सय ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । विधान अनुसार ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिनेछन् ।

राप्रपामा यसअघि अध्यक्ष चयनका लागि मात्र निर्वाचन हुने गरेकोमा यसपटकबाट अध्यक्षसहित तीन उपाध्यक्ष र तीन महामन्त्रीसहित १४९ जना केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुन लागेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाको विधानमा केन्द्य्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष ६, महामन्त्री ६, कोषाध्यक्ष १, प्रवक्ताहरु, सहमहामन्त्री ७, सहायक महामन्त्री र सहायक कोषाध्यक्ष १\१ जना गरेर १९९ कार्यसमिति हुने बताइएको छ ।

नेता श्रेष्ठका अनुसार अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् । उनका अनुसार अध्यक्ष बाहेक अन्य पदाधिकारी निर्वाचनबाट चुनिन लागिएको यो पहिलोपटक हो ।

स्मरण रहोस् बर्तमान अध्यक्ष कमल थापाले पार्टीमा अझैपनि केही काम बाँकीरहेकाले त्यसलाई पूरा गर्न आफुले उम्मेदवारी घोषणा गरेको बताएका छन् भने महामन्त्री लिङदेनले आफ्नो उम्मेदवारीले अन्य दलका युवा पुस्तालाई पनि उदाहरणीय हुने र पुरानोलाई नै निरन्तरता दिने भन्ने मान्यतालाई परिवर्तन ल्याउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

राप्रपाका अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि नयाँ पुस्तालाई कामगर्ने मौका दिनुपर्छ भन्दै आफ्नो समर्थन लिङदेनलाई रहेको बताएका छन् । लोहनीले मंगलवार जमलस्थित होटल प्यागोडामा आयोजित एक कार्यक्रममा लिङदेनलाई आफ्नो समर्थन रहेको घोषणा गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी