Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सर्वोच्च अदालतमा ऐतिहासिक दिन, पहिलो पटक तोकियो गोलाप्रथाबाट पेसी



काठमाडौं । सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेसी तोकिएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरुले गोला तानेर यसको सुरुवात गरेका हुन् ।

गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् । न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान परेका छन् ।

यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पेसी आफु अनुकुल तोक्न थालेसँगै यसको विरोध भएको थियो । न्यायाधीशहरुले गोला प्रक्रियासहितका विभिन्न माग राख्दै कात्तिक पहिलो सातादेखि आन्दोलन गर्दै आएका छन् ।

गोला प्रक्रियाबाट पेसी तोक्ने सुरुवात भएसँगै सबै न्यायाधीश नियमित इजलासमा फर्कने भएका छन् । मंगलबार मात्रै नेपाल बार एशोसिएसनले पनि विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै