Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नेकपा माओवादी केन्द्र पर्वत बिहादीको अध्यक्षमा ऋषिराम भुसाल



फर्शुराम भुर्तेल, पर्वत । नेकपा (माओवादी केन्द्र) पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा ऋषिराम भुसाल चयन भएका छन् ।

पालिकाको मंसिर ११ गते सम्पन्न अधिबेशनले अध्यक्षमा भुसालसहित ५५ सदस्यीय पालिका समिती गठन गरेको हो । जसको उपाध्यक्षहरुमा टेक बहादुर थापा, जयकृष्ण काफ्ले, मन बहादुर क्षेत्री, सचिवमा क. टेक बहादुर बस्याल, सहसचिवमा त्रिदीप गुरुङ, कोषाध्यक्षमा सर्मिला सुनार लगायतको ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो ।

No description available.

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भर्चुअल माध्यमबाट प्रमुख आतिथ्यता रहेको उक्त अधिबेशनको विशिष्ठ अतिथिमा संविधानसभा सदस्य गुणाखर बस्याल ‘सरोज’ , प्रदेश सदस्य गगन बहादुर थापा.  टंक प्रसाद तिवारी तथा शहिद परिवारबाट  जनक भुसाल, जमुना पराजुली, रन्नता पाठक, डिलकुमारी गुरुङ र मीना न्यौपाने  रहेका थिए ।

 

सन्त बहादुर गुरुङ ‘सविन’ को अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा हरि पौडेलको स्वागत मन्तव्य रहेका थियो भने बन्दशत्रको सन्चालन ऋषिराम भुसालले गरेका थिए ।

अध्यक्षमा निर्वाचित भुसालले पालिकालाई कृषि, पशुपालन र पर्यटनका हिसाबले आत्मनिर्भर बनाउने अभियानमा लाग्ने बताउँदै बिहादीलाई समृद्ध गाउँपालिका बनाउने उद्घोष गरेका थिए ।

No description available.

अध्यक्ष भुसाल झण्डै २ दशकदेखि गाउँमै व्यवसायीक कृषि पेशाामा आवद्ध रहेका छन् । उनी कृषक सजालका केन्द्रीय अध्यक्ष समेत हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै