Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कसरी तोकिन्छ गोला प्रक्रियाबाट सर्वोच्चमा पेसी ?



काठमाडौं । सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेसी तोकिएको छ ।

गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् ।

यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पेसी आफु अनुकुल तोक्न थालेसँगै यसको विरोध भएको थियो । न्यायाधीशहरुले गोला प्रक्रियासहितका विभिन्न माग राख्दै कात्तिक पहिलो सातादेखि आन्दोलन गर्दै आएका छन् ।

कसरी तोकिन्छ गोला प्रक्रियाबाट पेसी ?

गोला प्रक्रिया पेसी तोक्दा सुरुमा न्यायाधीशहरुले गोला तानेर आफ्नो इजलासका लागि सहकर्मी छनोट गर्दछन् । न्यायाधीशहरुले संख्याका आधारमा इजलास टुंगो लगाइसकेपछि उक्त इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तान्नेछ ।

गोला प्रक्रियामा पेसी तोक्ने प्रक्रिया ‘गोला प्रक्रियाद्धारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका’ अनुसार हुनेछ ।

निर्देशिकाअनुसार एउटै रुप, रंग, आकार र बनोटका गोटी तय गरिनेछ । अपरादर्शी थैलीमा राखिएको गोलालाई न्यायाधीशहरुले वरिष्ठताको आधारमा चयन गर्नेछन् ।

यसरी गोला तान्दै गर्दा सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाउनुपर्नेछ । जसको अभिलेखसमेत राखिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै